सेञ्चुरी कर्मशीयल बकैंका शाखाहरु धौलागिरीमा पनि ।

ZEN Travels

रामकृष्ण लामिछाने
पर्वत,२२ साउन ।
नेपाल सरकारवाट क वर्गको इजाज्त प्राप्त सेञ्चुरी कर्मशीयल बकैंको १ सय १२ औं शाखा मंगलबारदेखि कुस्मा शुभारम्भ भएको छ । भने,१ सय १३ औ र १ सय १४ औं शाखा बाग्लुङ र म्याग्दीको सदरमुकाम वेनीमा पनि बैकले शुभारम्भ गरेको छ ।
बैंकको शुभारम्भ समारोहमा बोल्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले कुस्मामा संचालित बैंकहरुले अस्वच्छ प्रतिस्पर्था गर्दै मनपरी रुपमा क्रिण दिदाँ बैकहरुले क्रिण उठाउन नसकोको वताए । उनले बैंकहरुको बैंकिङ सेवा कुश्मा बजारमा मात्रै सिमित नभई स्थानीय तहहरुमा पनि जानुपर्ने औंलाए ।


मन्तव्य राख्दै सेञ्चुरी कर्मशियल बकैंका अध्यक्ष राजेश कुमार श्रेष्ठले सेञ्चरी बैंकले गण्डकी प्रदेशको कुस्मा सहित ९ वटा शाखाहरु सञ्चालन गरेको वताए । उनले सेञ्चुरी बैंकले पर्यटन,कृषि र जलविद्युत क्षेत्रको लगानीलाई वढि प्राथमिकता दिने बताए । उनले यो बैंकले १२ प्रतिशस मुद्धतीमा ब्याजर दिएको बताउँदै थप ब्याजदर ग्राहकहरुको मागका आधारमा बढाउँदै लैजाने बताए ।
सेञ्चुरी बैंकको कुस्मा शुभारम्भको अवसरमा यहाँका सवै बैंकका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो ।
सेञ्चुरी बैंकको शुभारम्भको अवसरमा पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपी अधिकारी,सेञ्चुरी बैंक गण्डकी प्रदेशका प्रमुख शेखरराज बस्ताकोटी लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला