एमालेभित्र विवाद, माओवादीलाई सञ्चो

ZEN Travels

काठमाडौं ।

कानून मन्त्रालयमा राम्रो काम गरेका र केपी ओली सरकारका आशालाग्दा मन्त्री शेरबहादुर तामाङ सामान्य कार्यक्रममा बोलेको एक भाषणका कारण राजीनामा दिन बाध्य पारिए । एमालेमा कानूनको सबै जिम्मा लिएका सुवास नेम्वाङ र अग्नि खरेललाई तामाङ कानून मन्त्री बनेको पटक्कै मन परेको थिएन । उनीहरुलाई निहुँ चाहिएको थियो ।

तामाङले माफी माग्दा पनि उनलाई मन्त्रीबाट राजीनामा गर्न बाध्य पारियो । खास ठूलो कारण बिना उनलाई मन्त्रीबाट हटाउन खोज्दा पनि पार्टीमा उनका लागि कसैले बोलेनन् । माधव नेपाललाई अध्यक्ष बनाउन नवौं महाधिवेशनमा तनमन सबै लगाएका तामाङको पक्षमा उनी समेत बोलेनन् । वामदेव गौतम र ईश्वर पोखरेल पनि मुख खोलेनन् ।

सिन्धुपाल्चोकका सुवास कर्माचार्यले सीता थापाहरुलाई लगाएर ईश्वर पोखरेलको गुटमा धाएर तामाङ मन्त्री बनेको भन्दै चुक्ली लगाएका कारण पनि माधव नेपाल समेत उनलाई मन्त्रीबाट हटाउन चुपचाप बसे । तामाङलाई माधव नेपालले बाटो खोल्नुस् भनेपछि ओलीलाई पनि त्यही चाहिएको थियो । उनले योगेश भट्टराईलाई साक्षी राखेर तामाङलाई राजीनामा दिन निर्देशन दिए ।

झलनाथ खनालको कोटामा मन्त्री भएका तामाङको पक्षमा उनी बोल्थे होलान् तर उनी चीनमा भएका कारण तामाङ एक्लो भए । झलनाथले राष्ट्रपति उठ्ने भन्दै आफ्नो कोटामा तामाङ र गोकर्ण बिष्टलाई हाल्न सफल भएका थिए । तामाङको जिल्लाका माधव नेपाल समूहका हस्ती अरुण नेपाल पनि उनको पक्षमा लागेनन् ।

चुनावमै तामाङलाई प्रदेशमा उम्मेदवार बनाएर १ बाट आफू र २ मा अग्नि सापकोटालाई पठाउने दाउ उनको थियो । झलनाथले नै एउटा तामाङ त चाहिहाल्यो भनेर अरुणको योजना पूरा हुन दिएनन् ।

यहीकारण सिन्धुपाल्चोक एमालेमा पूर्वएमालेमा पनि बैमनस्यता बढेको छ । अरुण नेपाल, सुवास कर्माचार्य र तामाङ एकै गुटका बीच मिलाप छैन । कर्माचार्य र तामाङबीच मारामार छ । सरेश नेपाल र अरुण नेपालबीच पनि कटुता छ । यही मौकाको फाइदा पूर्व माओवादी नेता अग्नि सापकोटाले उठाउँदै कर्माचार्यलाई जिल्लाको अध्यक्षमा प्रस्ताव गरेका छन् । पूर्व एमालेमा खेलेर माओवादीले फाइदा लिन लागेको स्रोतको दावी छ ।

-साँघु

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला