पर्वत :बेपता शिक्षक शिवप्रसाद पौडेल मृत फेला ।

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका–९ कटुवाचौपारि सालबिसाउनाका ५९ बर्षका बेपता शिक्षक शिवप्रसाद पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उनी मृत अवस्थामा कुश्मा नगरपालीका वडा नम्बर ९ झापे बगर फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेल गत शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् । शुक्रबार बिहान घरभन्दा केही माथि रहेको मन्दिरमा पूजापाठ गर्न भनी गएका पौडेल घर फर्केका थिएन्न् ।
विगत १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा उनले अध्यापन गराउँदै आएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला