सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ

ZEN Travels

सलिम अन्सारी, प्युठान ।
पहिले जस्तो सुन्दर र शान्त छैन लुप्लुङ गाउँ। सुन्दर डांडापाखा, हरिया वनजंगलले सजिएको बस्ती अचेल चुनढुंगाले पुरै ध्वस्त भएर उठ्दै छ । बस्तुभाउ चराउने गाउँ नजिकको खर्क मासिदैँ छन। चर्को ध्वनि कम्पन छ । सायद,यस्कै असरले होला, हिजोआज गाउँलेहरुमा चयनको निद्रा छैन । पानीका मुलहरु सुक्दै छन । गाउँ खण्डहर बन्यो ।खेतीयोग्य जमीन नाशिय । पहिरोले बनै सखाप छ। खानी संचालकले स्थानियबासिको जग्गा किनेर संचालन गरेपछी बनसम्मै ढुंगा निकाले अनि भयङ्कर पहिरो बन्यो। त्यहा डौद्ने दर्जनौ ट्रीपरले उडाएको धुलोले गाउँलेहरु हैरान छन । हिउदमा खेतबारी, खोरिया, खर्यानका बुट्यानहरु जति धुलोले रङ्गिन्छन। यस्ले कृषकको उत्पादन समेत घट्दै गएको छ ।
एक्साभेटरले जथाभावी खनेर चुनढुगाँ उत्खन्न गर्दा लुप्लुङ क्षेत्र जोखिममा परेको छ । सामुदायिक बन र ठूलो बस्ती जोखिममा परेको स्थानियले आरोप लगाए । ’खानिले बिकास होइन बिनास निम्ताएको छ।’ स्थानिय एलबि भण्डारी भन्छन ’जोगाउँ लुप्लुङ, चुनढुंगाले बर्बाद गरिसक्यो ।’जोखिम उन्मुख क्षेत्रमा तारजाली लगाईएको छैन। भण्डरीले भने भुउपयोग हुने गरि उत्खनन् गरिनुपर्थ्यो तर यहाँ त्यसरी गरिएको छैन। ’ऐन कानुनको धज्जि उडाईएको छ।’ कम्पनीले स्थानिय संग गरेको सर्त अझै पूरा नगरेको उनले बताए। जथाभावी उत्खन्नले बाताबरणिय असर पर्ने संभावना देखिएको उनी बताउँछन । दैनिकी विनासले समस्या थोपरेको छ।उजाड बन्दै छ लुप्लुङ ! उ दिनहु आफ्नो पहिचान गुमाउदै गएको छ । शुभश्री अग्नी सिमेन्ट कम्पनिलाई गाउबासी यस्को कारण मान्छन ।
भण्डारी बन्धुहरुको उदगमथलोका रुपमा लुप्लुङ चिनिन्छ ।पुरानो गौमुखी धारा,बराहक्षेत्र ताल, देशभरका भण्डारीहरुले पुजा गर्ने कुल देवताको मन्दिर, झुलेनी लगायतका रमर्णिय पर्यटकियस्थल यसै भेगमा छन। यी सबैलाई एकिकृत गर्दै पर्यटकिय क्षेत्रका रुपमा चिनाउने योजना थियो स्थानिय जिवराज भण्डारीले भने ’चुनढुंगा खानि बाधक भएर उभियो, हाम्रो सपना पूरा नहुने भयो ।’ खानीको चरम ब्यथिति छ। कोहि रोक्ने त के बोल्ने हिम्मत समेत गर्दैन्न।
बाग्दुला–बाहाने सडकखण्ड अन्तर्गत अधेरीखोला देखि माथि लुप्लुङ स्थित चुनढुङ्गा खानी सम्मको ५ किमि सडक जथाभावी खनिएको छ । उद्योग मन्त्रालयबाट करिब ९ करोड पचास लाख भ्याट सहित बजेट प्राप्त भए पछि सो क्षेत्रमा सडक निर्माणको काम सुरु गरिएको हो । अहिले बाटोमा गिट्टि बिच्छाउने काम भैरहेको स्थानिय बताउछन । बाटोको काम सम्पन्न नहुँदै चुनढुगां बोक्न शुरु गरेसंगै जिर्ण बन्दै गएको छ । नौबहिनी गाउँपालिकाका लुङ, डामृ, लिघा, फोप्ली, खवाङ स्याउलीवाङ लगायत ठाउँमा जान प्रयोग हुने बाटोको स्तरबृद्धी नहुँदै चुनढुगां लैजादाँ यात्रुहरु समस्यामा परेका छन् ।बाटोमा ठुला ट्रीपरहरु ओहोरदोहोर गर्दा धेरै समय कुर्नुपर्ने र भनेको समयमा ठिक ठाउमा पुग्न नसकिने स्थानियको भनाई छ । सडक निर्माण गर्दा अँधेरी–गैरा चन्द्रेओडार सिँचाइ कुलोमा नोक्सानी पुगेको छ । सिँचाइ ठप्प भएपछि खेत बाँझै छन् । सडकबाट आएको पहिरोले धेरै किसानको खेत, घरबास नोक्सान गरेको स्थानीयले बताए । दलित बस्ती खानी क्षेत्रको सामुन्नेमा छ । धेरै प्रभावित हुनेमा उनिहरु नै हुन । गाउँमा ४० बढि परिवार दलित बस्छन। यहाँ खानिसंगै जोडिएका घरमा बस्नेहरु चर्को ध्वनी प्रदुषण सहन बाध्य छन।
ढुंगा निकाल्दा हुँने ध्वनीकोकम्पनले वडचौर बासीले राम्रोसंग सुत्न नसकिने सुनाए । चर्को ध्वनी कारण स्कुले विद्यार्थीको पढाईमा समेत वाधा पुगेको छ । चुना बोक्ने गाडिले धुलो उडाउनाले स्वास्थ्यमा समेत असर परेको भन्दै स्थानियबासि चुनढुंगा खानी संचालन गर्न दिएकोमा पछुतो मान्दै छन। चुनढुंगा खानीले जथाभावी बाटो फराकिलो पार्दा हजारौँ रुख बिरुवा ढ्लेको स्थानिय लक्षमण भण्डारीले बताए। सात ताले सामुदायिक बनको घना बनक्षेत्र सखाप भयो भण्डारीले भने सडक देखि मुन्तिरका थुप्रै उर्बर भुमीमा क्षती पुगेको छ । लुप्लुङका अधिकाश स्थानियको खेतीयोग्य जमिन खानी एवं बाटो देखि तल पर्छ । चुनढुंगा उत्खनन् गर्दा निस्किएको माटो बर्षातको पानीले बगाउँदा ठूलो समस्या हुने गरेको उनको भनाई छ । स्थानिय जिवराज भण्डारीका अनुसार खानीका कारण २ सय घर धुरीका चार पाच सय मुरी धान फल्ने जमिनमा क्षती पुगेको हो। उता कम्पनिले भने बाताबरणिय प्रभाव मुल्याकंन गरेरै खानी संचालन गरेको दावी गरेको छ । शुभश्री अग्नी सिमेन्टका प्युठान प्रतिनिधि शिव अर्यालले उत्खनन् भएको भुभाग हरियाली बनाईने बताए । स्थानियवासीलाई रिझाएर नै काम गर्दै आएको उनको भनाई छ । स्थानियसंग सर्त भए अनुसार नै मोटरवाटो,शिशु भवन, सातताले सामुदायिक बनको भवन निर्माण लगायतको काम भैरहेको अर्यालले बताए।‘स्थानीयसँग भएका सबै सर्तहरू पूरा गर्दैछौं,’ अर्यालले भने लापरबाही भएको छैन । मुल्यांकन गरेर पुरिएको जग्गाको क्षतिपुर्ती समेत कम्पनीले जग्गाधनिलाई दिने गरेको उनले जानकारी दिए।
उनका अनुसार लुप्लुङ माविमा चारकोठे पक्की भवन, गाउँसम्म मोटरबाटो, साविकको फोप्ली १ र २ को सेन्टरमा स्वाथ्य केन्द्र स्थापना, बाल विकास केन्द्र भवनलगायत काम कम्पनीले निर्माण गरिदिने सर्त थियो । यहाँ लगभग डेढ बर्ष देखि चुनढुंगा उत्खनन् गरिदै आएको छ । कम्पनीले १५ बर्ष सम्मका लागि खानी संचालन गर्न पाउने स्वीकृति पाएको छ । यहाबाट निकालिएको चुनढुंगा पुर्व पश्चिम राजमार्ग अन्तर्गत अर्घाखांचीको शितगंगा नगरपालिकाको जलुके स्थित चरिङ्गेमा रहेको अग्नि सिमेण्टको उद्योगमा लगिदै आएको छ ।
खानीले वातावरणीय क्षेत्रमा निम्त्याउन सक्ने दिर्घकालिन असरवारे जिल्लामा बहस र छलफलको विषय नबन्दा आफुहरु दुःखी हुनु परेको स्थानियको भनाई छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला