छोरा ! तिम्रो बाबा तिम्रा सपना सहित चाहन पुरा गर्न विदेशी भएको हो !

ZEN Travels

– सुजन केसी*

संसारका हरेक बाबुको सपना हुन्छ आफूले जन्मदिएको सन्तानलार्इ सधैभर आफ्नै आँखाको वरीपरी देख्ने तर यस्तो भाग्य सबैसंग कहाँ हुनेरहेछ र ? बिज्ञान र प्रबिधिले संसारलाई नियाल्न सेकेन्ड नलाग्ने भैसके पनि तिमीसँग छुटिएर अलग्गै बस्नुको पीडा अहिले महसुस गरिरहेको छु ।

जब मैले जापान अध्यनको सपना बुन्न सुरु गरे त्यसै दिनदेखि देखिएको तिम्रो मलिन मुहारको सम्झना आज पनि मलाई बेदनाले जलाइ रहेको छ तर पनि जापानको सपनाले दौडाइरहेको मेरो मनलाई थेग्न सकिन र तिम्रो खुशीभन्दा धेरै मेरो मन सपनामा दौडियो ।

तिमीसंग हुने मेरा हरेक फोनमा तिम्रो पहिलो प्रश्नले मलाई उत्तर दिन झस्काउछ तिम्रो पहिलो प्रश्नको उत्तर खोज्दाखोज्दै यति धेरै बनावटी कुरा सोच्छु कि सायद तिमी बुझ्ने भएपछि मलाई माफ गर्दैनौ होला । त्यसैले तिम्रो बचपनसंग खेलवाड गरी ढाटिरहेको छु माफ गर है । बाबा कतिमा पढ्नु हुन्छ नि ? बाबाले ठूलो कक्षामा पढ्नु हुन्छ है ? छोरो तिम्रो प्रश्न सकिन नपाउँदै मनलाई गरुङ्गो बनाउँदै बनावटी रूपमा भन्ने गर्छु ठूलो कक्षामा धेरै पढ्छु बाबु । मेरो उत्तर राख्न नपाउँदै त्यही प्रश्न दोहोर्याउदै ठूलो कक्षा भनेको १२ है बाबा ? छोरो तिमीलाई के थाहा त्यही तिम्रो ठूलो कक्षा १२ ले तिमीसंग अलग बनाएको कथा ।

न त नेपालको १२ कक्षा पासले जापानमा आफ्नो भबिष्य सुनिश्चित गर्न सक्छु न त तिमीसंग समय दिन नै । पाउछु त केवल बिहान बेन्तो दिउँसो गाक्को अनि बेलुका यामतो ।

छोरो तिमीलाई बाबाको न्यानो माया चाहिने बेला माया दिन सकिन अहिले म आफ्नो पढाई र व्यस्तताले अथवा मेरो सपना पुूरा गर्दा तिमीलाई समय दिन सकिरहेको छैन पछि गएर तिमीले आफ्नो सपना पूरा गर्न मलाई समय दिन सक्दैनौ होला त्यो बेलामा मैले तिमीसंग गुनासो गर्ने कुनै ठाउँ राखिन माफ गर है ।

अन्त्यमा छोरो, बिदेशमा पाउने गुणस्तरीय शिक्षा, सुबिधा र अबसरहरू तिमीलाई आफ्नै जन्मभूमिमा प्राप्त होस् । शिक्षा र रोजगारकै लागि बिदेशिएर बाबाको जस्तै ढाट्न नपरोस । हरेक सपनाहरु पूरा गर्ने अबसर मैले जस्तै परदेशिएर गर्नु नपरोस् । तिमीलार्इ जीवनको अन्तिम अबस्थासम्म आफ्नै बरीपरी भएको देख्न पाउँ ।

जुन बेला तिमीलाइ मेरो आबश्यक थियो, त्यो बेला साथ दिन सकिन माफ गर ! छोरो तिम्रो बचपनसंग खेलवाड गरेको नसम्झ है !!

*(निहोन खेइजाई दाइगाकु एवम् प्रवक्ता फुकुओका नेपाल सोसाइटी, फुकुओका जापान)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला