स्कुल स्थापनाको ५९ बर्ष पछि ग्रामोदय माविमा विज्ञान ल्याव स्थापना ।

ZEN Travels

रामकृष्ण लामिछाने
पर्वत ।
स्थापना भएको ५९ बर्ष पछि फ.न.पा ९ स्थित भङ्गराको ग्रामोदय माध्यामिक विद्यालयमा विज्ञान कक्षका समाग्रीहरु सहित विज्ञान ल्याव स्थापना भएको छ ।
गत ०७४ सालको हरितालीका तिजको अवसरमा विद्यार्थीहरुद्धारा संकलीत ५० हजार र विगतको जिल्ला शिक्षा कार्यलयवाट प्राप्त १ लाखको लागतमा ल्याव स्थापना गरीएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सापकोटाले बताए ।
उत्त विद्यालयका विज्ञान संकायका शिक्षक प्रदिप भूषालका अनुसार विज्ञान संकायको ल्याव नहुदाँ विद्यार्थीहरुलाई पढउन अप्ठीयारो थियो । भूषालले भने,‘ हामीले उनीहरुलाई पढाउँन निकै समस्या भोग्नुप¥यो । पढाई संगै विज्ञानका सामाग्री देखाउन नपाउँदा उनीहरुलाई बुझाउन पनि ग्राहो हुन्थ्यो । अव,यस्तो समस्या नहुने उनले बताएका छन् । उनले भने,‘ ल्यावमा भौतिक विज्ञान,जिव विज्ञान र रासयन विज्ञानका सवै सामाग्रीहरु उपल्ब्ध भएको जानकारी दिएका छन् ।
उक्त विद्यालयका कक्षा ५ देखि १० सम्मका कुल ३ सय १० जना विद्यार्थीहरुले विज्ञान ल्याव सहितको शिक्षा प्राप्त गर्न पाँउने भएका छन् । विद्यालय स्थापनाको ५९ बर्ष सम्म पनि यस्तो कक्ष निमार्ण नहुँदा शैक्षिक क्षेत्रमा विद्यालयले पर्याप्त मात्रमा सफलता हासिल गर्न नसकेको शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रकान्त रिजालले बताए । ‘ समय विज्ञान र प्रबिधिको गतिमा दौडेको छ,’रिजालले भने,‘यस्तो संवेदनशिल बिषयमा समेत विद्यालयको ध्यान नपुनु निकै लाजको बिषय हो । ढिलै भए पनि विद्यार्थी र विगतको जिल्ला शिक्षा र विज्ञान शिक्षक प्रदिप भूषालको पहलमा शुरु भएको छ । यसलाई सहि सदुपयोग गर्नु पर्ने उनले औंलाए ।’
विद्यार्थीहरुले शिक्षाकले पढाउँदा सामान र प्रयोगशालको नाम भनेको मात्रै सुनको थिए । आज सम्म पनि विज्ञान ल्याव देख्न पनि नपाएको सुनाउँछन् । सोहि विद्यालयको कक्षा १० मा अध्यान्रत विद्यार्थी आन्नद रिजालले अव पढ्न सहज हुने बताए । उनले पढाई संगै ल्यावको अनुभव गर्न पाउँदा शिक्षकले पढाएको सहज रुपमा स्मरण गर्न सकिने बताएका छन् ।
सो विद्यालयमा गत बर्ष मात्रै पुस्तकालयको स्थापना भएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला