कोइराला परिवार द्धारा जन्मदिनको अवसरमा ६० जना बटुकलाई भोजन प्रदान

ZEN Travels

बेदान्त कोइराला

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने ६० जना  बटुकहरुलाइ  आफ्नो सुपुत्र   बेदान्त कोइरालाको जन्मदिनको  अवसर पारेर पोखरा लेखनाथ महानगरपालिका ०४ निवासी  कोइराला परिवारले भोजनको  लागि  गराउनु भएको छ ।

कार्यक्रममा बोल्दै इनु कोइरालाले  बाबु बेदान्तको जन्मदिनमा प्रत्येक बर्ष केहि न केहि  सामाजिक कार्य  गरेर मनाउने  गरेका थियौ | अहिलेको  जन्मदिनमा भाइ कमल पौडेलले गरेको आग्रह लाई सहर्ष स्वीकार गरेर आजको कार्यक्रममा उपस्थित भएको जानकारी दिनु भयो | बाबुको जन्मदिनमा बटुक भोजन गरेर मनाउन पाएकोमा अत्यन्तै हर्षित भएको छु | आगामी दिनमा पनि बार्षिक रुपमा एक दिन भोजन गराउने प्रतिबद्धता जनाउदै बटुक भाइहरु लाई  शैक्षिक सफलताको कामना गर्नु भएको छ |

 

कार्यक्रममा नेपाल ज्योतिष परिषद् प्रदेश ४ महासचिब युबा ज्योतिषी कमल पौडेलले कोइराला परिवार सामाजिक कार्यमा अगाडी रहेको जानकारी गराउदै आगामी दिनमा पनि सहयोगको आशा राखेको र आजको आग्रह स्वीकार गरेर जन्मदिन बटुक गुरुहरु संग मनाउन आउनु भएकोमा साधुबाद ब्यक्त गर्नु भएको थियो | कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष गोबिन्द नेपालीले आफ्ना भनाई राख्दै हाम्रो अभियान सफल बनाउन तपाईहरुको सहयोग आवश्यक पर्ने हुदाँ आगामी दिनमा पनि सहयोग र साथ पाउने  आशा ब्यक्त गर्नु  भएको थियो |   कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति सदस्य तथा गुरुकुल संयोजक गणेश ब. थापा ,शिक्षक बिष्णु भण्डारी ले आफ्ना भनाई राख्दै सहयोग दाता प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो | कार्यक्रममा  स्वर्गीय टुक कार्कीको सम्झनामा पत्नी राम कुमारी कार्कीले सहयोग स्वरूप रु २००० प्रदान गर्नु भयो |     कार्यक्रममा आर.सी दाइको ड्राइभंङ् स्कुल पर्बतका संचालक आर,सी पौडेलले कुनै न  कुनै माध्यमबाट गुरुकुल आश्रम संग जोडिने बचनबद्धता ब्यक्त गर्नु भएको छ | कार्यक्रम बेदान्त कोइरालालको दिदि अन्सु कोइराला समाजसेवी प्रकास अधिकारि ,  लेनिन कुमाल लगायत ६० विद्यार्थीको उपस्थिति रहेको थियो |

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको धन्यवाद ज्ञापन कार्यक्रममाको संचालन सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले र स्वागत  शिक्षक एवं छात्रावास सुपरिवेक्षक  गोबिन्द अधिकारी ले गरेका गर्नु भएको थियो ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला