डि.एस. पि तिवारीलाई सामुदायिक प्रहरी सेवा केन्द पर्वतद्धारा स्वागत

ZEN Travels

पर्वत ।
सामुदायकि प्रहरी सेवा केन्द्र पर्वतले हाल मात्रै पर्वत जिल्लाको प्रहरी प्रमुख भएर आएका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीलाई बिहिबार स्वागत गर्दै शुभकामना दिइएको छ ।

कार्यक्रमका प्रमूख अतिथी समेत रहेका तिवारिले पुलिसिङ्ग प्रहरीले मात्रै गर्नुपर्छ भन्ने मान्यताको अन्त्य गर्दै सवै जनताले पुलिसिङ्गको जिम्मा वहन गर्न सकेमा मात्रै समाजमा शान्ति र समाजिक स्थाहित्व कायम गर्न सकिने बताउनुभयो । सो अवसरमा बोल्दै डि.एस.पि तिवारीले जनताको सेवामा लाग्दै गर्दा समुदायको साथ आवश्यक पर्न बताए । उहाँले प्रहरी हुनुमा गर्भ गर्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई वार्षिक कार्यक्रम गराए सञ्चालन गर्न सुझाव दिदै सामुदायिक सेवा केन्द्रको भवनलाई व्यवस्थित वनाउन पहल गर्ने बताउनुभयो । साथै,सि.सि क्यामरा थप सहित मर्मत गर्नुपर्ने स्थानमा मर्मत गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सो स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला स्थित समाजिक सरोकालवालहरुको सहभागिता रहेको थियो । स्वागत तथा सम्मान कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रखुम प्रहरी साहयक निरिक्ष पूर्णीमा थापा केन्द्रका सल्लाहकारहरु काशी कुमार जोशी,बसन्त बहादुर सि.के लगायतले बोल्दै तिवारिको पूर्ण कार्य सफलताको शुभकामना ब्यक्त गरेका गर्नुभएको थियो ।

सामुदायिक सेवा केन्द्र पर्वतका अध्यक्ष शिव शर्मा सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।भने,स्वागत मन्तव्य निबर्तमान अध्यक्ष मानकुमारी गिरीले राखनुभएको थियो । त्यस्तै सञ्चालन सेवा केन्द्रका सचिव राजन जोशीले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला