केपि कै कृपामा अध्यक्ष बन्ने दाउमा पर्वत एमाले ,माओवादी केन्द्र दोस्रो पदमा चित्त बुझाउँदै

ZEN Travels

पर्वत-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आगामी भदौको अन्तिम साता भित्र जिल्लास्तरको पार्टी एकताको अन्तिम टुंगोमा पु¥याउनको लागि सर्कुलर जारी गरेको छ ।

सोही अनुसार ७७ जिल्लाभरीनै पार्टी एकतालाइ मूर्त रुप दिनको लागि नेता कार्यकर्ताहरु लागी परेका छन् ।पर्वतमा पनि एकताको अन्तिम रुप दिनको लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले आआफ्नो गुट बनाएर पार्टी एकताको जिल्लास्तरको अन्तिम टुंगो दिन शुरु गरेको हो । नेकपा पर्वतका अध्यक्षमा नेकपा एमालेका अध्यक्ष एवं सांसद पदम गिरीले माथिबाटनै लविङ थालिएको छ । ओली खेमाका गिरी भएका कारण उनले सहजरुपमा पार्टी अध्यक्ष पाउने धेरैको विश्वास छ ।

निर्वाचनको बेलामा पनि उनी केपी ओली खेमाकै नेता भएका कारण ओलीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका विकास लम्साललाइ किक आउट गर्न सफल भएका थिए । पुन केपि कै कृर्पाले अध्यक्ष दोहोरिने सम्भावना देखिएको छ ।अध्यक्षको लागि एमाले उपाध्यक्ष भक्त कुँवरको नाम पनि चर्चामा छ तर उनी माधव नेपाल खेमाबाट पनि आउट भैसकेका कारण उनी अध्यक्ष बन्ने सम्भावना कम देखिएको हो । देशभरनै एमालेभित्र केपी ओली गुटको बचश्र्व रहेको बेलामा उनी अध्यक्ष हुन नसक्ने धेरैको ठम्माइ एमले सम्बद्ध कार्यक्रताले गरेका छन । तर अन्तिममा उनले माओवादी गुटको समर्थनबाट अध्यक्ष बन्न सक्ने पनि बलियो सम्भावना देखिएको पर्वत तत्कालीन माओवादी केन्द्रको दाबी छ ।

माओवादी केन्द्रबाट शुदिप कुवँर पार्टी अध्यक्षको लागि दाबेदार देखिएका छन् । एमालेका नेताहरुले अध्यक्ष कुनै पनि हालतमा नछोड्ने भएका कारण माओवादी भने दोस्रो ठूलो पद महासचिवको लागि लविङमा रहेको हो । तत्तकालीन दुवै दलहरुको हैसियत समान हुने गरी एकता हुने भनिएपनि अहिले एकताको लागि भने दुइ धार कायमै देखिएको छ ।

जसका कारण पनि पार्टी एकतासँग नेकपामा नयाँ गुट थपिने निश्चित भएको हो । तत्तकाली नेकपा माओवादीका जिल्ला नेताहरु केहि अहिले एमाले गुटमा आफ्नो बर्चश्व कायम गर्न लागि परेको देखिन्छ भने केहि एमालेका जिल्लास्तरका नेताहरु भने माओवादी गुटलाइ आफ्नो योजना अनुसार पार्टीमा लाद्ने र नेतृत्वमा पुग्ने योजना बनाइ रहेका छन् । पार्टी एकताको लागि अहिले गुटबन्दी भैराखेको छ एक कार्यक्रताले जनाएका छन । दुवै दलका नेताहरु छुट्टाछुट्टै एकतालाइ अन्तिम रुप लिन लागि परेका छन् । कसलाइ ढलाउने र कसलाइ नेतृत्वमा पठाउँदा आफूलाइ भोलीका दिनमा काम गर्न सजिलो हुन्छ त्यो हिसाबले गुटबन्दी बनाएर एकताको प्रक्रिया भैराखेको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला