हामिले देख्न नसकिएको जापानमा भविष्य र अपनाउन नसकिएको यथार्थ -रोजिन थापा मगर

ZEN Travels

हरियाली वन पाखाको सुन्दरता, हिरा झै सधै चम्किरहने हिमाल अनि बुद्ध जन्मिएको शान्तिले भरिपुर्ण मेरो देश नेपाल लाई छोडेर यस पर्देशी भुमी मा आएको पनि ३ वर्ष पुरा भएर चौथो वर्षमा कुदिरहेको छ तर यहाँ आउनु भन्दा पहिले बुनेका सपनाहरु भने अझै उस्तै अनवरत रुपमा मन को हरेक कुनामा बसेको छ । अझै पनि थाहा छैन कि ति देखेका सपना हरु कती पुरा हुन्छन र कती अधुरो नै रहनेछन ।

मात्र यती थाहा छ कि त्यसको लागी धैर्यता को साथ मा मेहनत गर्न जरुरत छ । किनकी सानो छदाँ बुवाले भन्नु भएको थियो, ” बाबु जीवनमा हरेष कहिले न खानु, सधै मेहनत गर्नु तर फल को आशा भने नगर्नु अनि धैर्य भएर अघी बध्नु” । त्यही शब्द जुन बुवाले सुनाउनु भएको थियो त्यही कुरा लाई अनुशरण गर्दै यो ३ वर्ष बितेको पत्तो नै पाएनछु ।

अझै कती बित्नेछ त्यो पनि थाहा छैन न त कुनै आंकलन गर्न नै सक्छु । अझै मन त तब भक्कनिएर आउछ जब दशै मा बाआमाले लगाइदिनु भएको टिका र जमरा अनि दिनु भएको आशिर्बाद को याद आउछ अनि तिहार मा दिदी बहिनी ले लगाइदिएको सात रङी टिका र मखमली फुल ले बनाएको माला को याद आउछ ।

त्यस दिन मा विदेश मा हुने सबै को आन्खा मा आशु को मुल न फुट्ने सायदै हुन्छन होला । आज कतै खुट्टामा ठेस लाग्दा याद आउछ त्यो दिन जब सानो छदाँ बुवाअ को हात समाएर हिड्न पाएको दिन अनि ताजा हुन्छन फेरी ति कुरा हरु जब यहाँ भोक भोकै काम गर्नु पर्दा आमा ले कर गरी गरी आफ्नै हात ले खुलाउनु भएका भात का गाँस हरु ।

मलाई अझै पनि याद छ त्यो मेरो बाल्यकाल देखिको कलेज पढ्न जादाँ सम्म को दिन हरु जहाँ म सधै मेरो बुवा को भर मा बसेको हुन्थे । बिहान पढ्न जानु भन्दा अघी कहिले पैसा दिनु होला र कलेज जाउला भनेर सोच्थे । तर म आज महिना को थोरै मा डेढ लाख देखी दुइ लाख सम्म महिना को कमाउने गर्छु तर सोच्छु कि जिन्दगी खत्तम भयो- जापान आएर । यो सब मेरो लागी मात्र न भएर म जस्तै नेपाल बाट जापान आएका सम्पुर्ण लाई लागु हुन्छ जस्तो मलाई लाग्छ ।

तर हामी यो यथार्थ लाई बुझ्न असमर्थ छौ कि मेहनत न गरेको भए जापान पनि आज नेपाल जस्तै देश हुने थियो । जापान को विगत र अहिले को नेपाल को परिवेश एकै हुन । मलाई लाग्छ कि हामी नेपाली मेहनत गर्न डराउछौ र धैर्य गर्न न सक्नु हाम्रो कमजोरी हो । यो कसरी प्रमाणित हुन्छ भने हामिले जापान आएर देख्न न सकेको भविष्य हो । जापान एउटा यस्तो देश हो जसले इतिहास लाई जितेको छ । अब भन्नु होला कसरी भनेर । विश्व युद्द मा अमेरिका सग्ँ हारेको थियो जापान तर आज यही जापनको ब्राण्ड सोनी टिभी अमेरिका को राष्ट्रपती को कार्यलय मा राखिएको छ । अमेरिका को राष्ट्रपती ले जापान को कार प्रयोग गर्छन । यसै लाई अमेरिका विरुद्द को जित सोच्छन जापानीज नागरिक हरु पनि । यो सबै सम्भव भयो त मात्र मेहनत ले । तर हामी भने यही देश मा भविष्य न देखेर भैतारिएका छौ । अवसर भएको देश जापान लाई अरब को खाडी सग्ँ तुलना गर्न सम्म पनि पछी पर्देनौ ।

आखिर उहि खाडी मुलुक सँगइ दाँज्नु नै थियो भने किन खाडी न गएर विधार्थी को बहानामा जापान आयौ त ? नजिक को तिर्थ हेला भनेझै न आउँदा सम्म यही जापान मा नै सबै थोक देख्ने हामी आए पछी यहाँ को रहनसहन अनि संस्कृती लाई किन अपनाउन सक्देनौ ? किन कि हामी दुख सँग अझै पनि डराउछौ । मेहनत गर्नु पर्दा टाउको बटार्ने गर्छौ । किन कि हामी हुर्किएर आएको वातावरण ले नै त्यही सिकाएको छ ।भन्दा र सुन्दा तितो लाग्न सक्ला तर यथार्थ यही नै हो ।

हैन भने आखिर यो ठाउ ले के दिएको छैन र हामिलाई कि सधै यि भोटे हरु काम छैन्, अनि यो ठाउ मा भविष्य छैन भन्दै मुर्मुरिने गर्छौ ? त्यसको एक मात्र उत्तर हो – दुख । भनिन्छ नि हतार को काम केहि ठिक हुँदैन ।

हामी जापानमा आएको नेपाली हरु त्यही हतारपन को फ न्दामा फस्न पुग्छौ । जापानमा छिर्न नपाउदै काम खोज्नको लागी हतार अनि त्यही हतारले जापानीज भाषा अध्ययन कमजोर बनाइदिन्छ । अनि जसो तसो भाषा विध्यालय सकिने बेला भएपछी दुइ वर्षे कलेज या सेनमोनको लागी हतार अनि फेरी त्यसपछी सके वोर्किङ पर्मिट को लागी हतार न भए फेरी अर्को कलेज या युनिभर्सिटी खोज्न हतार । अनि त्यही हतारपन ले गर्दा जिन्दगीमा धेरै गुमाइ सके पछी बुझ्न पुग्छौ । यो एउटा तितो र सत्य यथार्थ होकी हामी नेपालिहरुको हामी मा साच्चै भन्नु पर्दा धैर्यता, लगन शिलता र सत्यता जस्ता तत्व हरुको महत्व बुझ्न छोडिसकेका छौ ।

देश भित्र हेरौ, नेताले जनतालाई दिइने झुटो आशाको पहाड बनिसकेको छ । गुण्डागर्दि, बलत्कार र अपहरण जस्ता घिन लाग्दो कार्यले गर्दा घर बाट बाहिर निस्कने बेला सय पटक सोच्न बाध्य हुनु परेको छ र निस्के पनि ढुक्क भएर हिड्न सक्ने अवस्था छैन । जापान आउनु भन्दा पहिले बुझ्न जरुरी रहेको छ कि यहाँ पैसा रुख मा फल्ने हैन जुन सजिलै टिप्न सकियोस तर यहाँ मेहनत गरे अवसर हरु प्रसस्त छन र त्यही अवसर हरुको लागी धेरै भन्दा धेरै चुनौती हरुको सामना गर्न तयार छु भन्ने मनोभाव लिएर जापान छिर्नुहुन अनुरोध गर्दछु ।

सबै भन्दा पहिला आफ्नो भुत लाई न बिर्सनु होस र यथार्थ लाई अपनाउनु होस अनि मात्र तपाइले देख्नु हुनेछ हजुर को भविष्य – जापानमा । – रोजिन थापा मगर – फुकुओका मेरो व्यक्तिगत अनुभव ।

– रोजिन थापा मगर – फुकुओका मेरो व्यक्तिगत अनुभव ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला