पत्रकारमाथी आक्रमण भएकोमा नेपाल प्रेस युनियनद्धारा भत्सना

ZEN Travels

पर्वत ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायलमाथि निर्माण व्यवसायी पुस्कल शर्माले हिजो साँझ आक्रमण गरेका छन् । पर्वतको नयाँपुलमा तिवारी र घायललाई शर्माले हातपात र लछारपछार पारेका हुन् ।
एकाएक गालीगलौजमा उत्रिएका शर्माले पछि कुटपिट गरेको पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताउनुभयो । कुटपिटवाट पत्रकार घायलको लगाएको कमिज च्यातिएको छ भने शरिरका विभिन्न ठाउँमा मुक्का प्रहार हुँदा घाईते भएको जानकारी दिनुभयो ।

झगडा हुनुको कुनै कारण नभएपनि शर्माले रक्सीको मातमा आक्रमणमा उत्रिएको घायलले बताउनुभयो ।  आक्रमण गर्ने शर्मा निर्माण व्यवसायी हुन । कुश्मा नगरपालिका ३ दुर्लुङका  हुन् ।
घटनाको नेपाल प्रेस युनियन केन्द्रिय समितिले हिजो राती नै विज्ञप्ती निकाली भत्सर्ना गरेको छ । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषीलाई कार्वाही गर्न स्थानिय प्रसासनसँग माग गर्नुभएको छ । पत्रकार घायलले आफुमाथी भएको आक्रमणको आज कानुनी उपचार खोज्ने बताउनुभएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला