पर्वतः मोदीवेणीधाम पर्यटको रोजाई

ZEN Travels

पर्वत ।

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित मोदीवेणीधाम पर्यटको रोजाईमा पर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक यहाँ धार्मिक दर्शन गर्न आउने गरेका छन् ।

यहाँ सोह्रश्राद्धमा मुक्तिनाथ पुग्न नसक्नेले पितृ उद्धारका लागि मोदीवेणीमै पिण्डदान गरे मुक्ति पाउने नाविश्वास रहेको विश्व हिन्दु महासंघका अध्यक्ष लोकनाथ आचार्य बताउछन् । आचार्य भन्छन् ,‘ मोदीवेणी धाममा पुगेर जलअपर्ण गरेमा पापमेक्छय् प्राप्त हुन्छ ।

यो संगै हाल पवित्र कालीगण्डकी र मोदीवेणीको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्व झल्काउन ६४ वटा पञ्चमुखी शिवलिङ्गको चौघेरो निर्माण गरिएको छ ।

नृसिंह मन्दिर परिसरमा बनाइएको शिवलिङ्गमा स्थानीय एवं मोदीवेणी दर्शनका लागि आउने तीर्थालुको सहयोगमा करीब रु १५ लाख लगानीमा एकै मण्डपमा चौघेरो बनाइएको छ । अघिल्लो असोजमा गरिएको सामूहिक श्राद्धमा दाताले गरेको दानबाट चौघेरो बनाउन सम्भव भएको समितिका अध्यक्ष गोपालदास वैरागीले जानकारी दिए । उनले भने,’ ६४ शिवलिङ्ग रु ९ लाख ६० हजारमा खरिद गरी ल्याइएको छ ।

उक्त समिति सदस्य युवनाथ गौंडेल रेग्मीका अनुसनर सोह्रश्राद्धमा दानबापत प्राप्त भएको रु ६० हजार र कुश्मा–५ को रु ५० हजार र अन्य सहयोगी तथा समितिले व्यहोर्ने गरी निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको बताईन्छ ।

धाममा हाल अहिले २६ जना ज्येष्ठ नागरिकले आश्रय लिँदै आएका छन् । वृद्धाश्रम ०६६ देखि सञ्चालन भए पनि दुई वर्षअघि दाताको सहयोगमा आश्रम व्यवस्थित गरिएको हो । हाल कालीगण्डकीमा स्नान गर्न, नृसिंह मन्दिर दर्शन र सामूहिक घाटसमेत रहेकाले पिण्डदान, तर्पण श्राद्ध र दाहसंस्कारका लागि विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला