महिलाहरुलाई व्यवसायिक बनाउन सिलाई कटाई तालिम सहित औजार बितरण

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका र घरेलु तथा साना उद्योग बिकास समिति पर्वतको आयोजनामा कुश्मा नगरपालिका ९ कटुवाचौपारी र वडा नम्बर ११ पकुवाका २० जना दलित तथा विपन्न समुदायका   महिलाहरुलाई सिलाई कटाई तालिम सहित शुक्रबार औजार बितराण गरिएको छ ।

समापन्नका अवसर प्रमूख अतिथी सीता काफ्ले लामिछानेले उनीहरुलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले अत्ति विपन्न दलित महिलाहरुलाई यो सिप सहित औजार बितरणले काम गर्न हैसला मिलने बताउनुभयो । उहाँले यो व्यवसाय अपनाउँदै सहभागी महिलाहरुलाई अत्मानिर्भर बन्न पनि आग्रह गर्नुभएको छ ।


समापन्नका अवसरका कुश्मा ०९ का वडाध्यक्ष कृष्ण प्रसाद लामिछाने,११ का वडाअध्यक्ष शिव प्रसाद शर्मा,र घरेलु तथा साना उद्योग बिकास समिति पर्वतका प्रमूख नारायण न्यौपानेले उनीहरुलाई यसको सहि सदुपयोग गर्न आवहन गर्नुभएको थियो ।

सहभागि कुश्मा नगरपालिका ९ का देवी वि.कले सिप सहित आय श्रोत गर्न आवश्यक औजार दिएकोमा अयोजक संस्था कुश्मा नगरपालिका र घरेलु तथा साना उद्योग बिकास समितिलाई ध्न्यवाद ब्यक्त गर्नुभएको थियो । उहाँले यो पेशा र व्यवसायवाट आफुहरु आत्मानिर्भर बन्ने बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला