अन्तराष्ट्रिय युवा दिवस अछाममा भब्यताका साथ मनाईदै ।।

ZEN Travels

कमल रावल , अछाम –

अगस्त १२ अर्थात साउन २७ गतेका अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसार भर मनाइदैछ । युवाको क्षेत्रमा काम गर्ने युवा, संघ संस्था सरकारी तथा गैरसरकारी निकायले साउन २७ गते भोलि भब्यताका साथ मनाउने भएका हुन ।

अछाम जिल्लामा पनी अन्तराष्ट्रिय युवा दिवस भब्यताका साथ मनाईने भएको छ । जिल्ला युवा संञ्जाल अछाम लगाएत मातहतका नगर तथा गाउपालिकामा सक्रिय संञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएका छन । सदरमुकाम मंगलसेनमा “बिकास र समृद्धिका लागि युवाहरुको भुमिका” बिषयक बृहत छलफल कार्यक्रमको हुने भएको हो । मंगलसेन नगरपालीका, वाक नेपाल अछामको सहयोग, जिल्ला युवा समिती, युएनएफपिए अछामको समन्वय र जिल्ला युवा संञ्जाल अछामको आयोजनामा कार्यक्रम गर्न लागिएको जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष होम बहादुर साउदले बताउनु भयो ।

स्थानिय सरकारका जनप्रतीनीधी, सरकार गैरसरकारी निकायका प्रमुख, राजनितिकदल, सम्बद्ध युवाहरुको बिचमा युवाका समस्याको बारेमा बृहत छलफल गरिने साउँदले बताउनु भयो । दिवसकै अवसरमा नगर स्तरिय युवा संञ्जाल साँफेबगरको आयोजनामा कार्यक्रम सहीत ४ दिने युवा नेतृत्व तालिम, रामारोशन गाउपालिकामा अन्तरक्र्रिया कार्यक्रम, बान्नीगढी जयगढ गाउपालिका ५ कालिकाको कालिका युवा संञ्जालको आयोजनामा बकृत्वकला, वडा नम्बर ६ दर्नामा अछामको बान्निगढी जयगड गाउँपालिका वडा नम्वर ६ दर्नामा पञ्चदेवल अनुरा युवा क्लब दर्ना र पञ्चदेवल अनुरा युवा सुचना केन्द्रको आयोजनामा युवा सम्बन्धी कार्यक्रम हुने तय भएको जिल्ला युवा संञ्जाल अछामका सचिब कमल कुमार रावलले बताउनु भयो । साथै क्षेत्र नम्बर २ को अन्य स्थानिय तहमा समेत दिवस भब्यताका साथ मनाईने रावलले बताउनु भयो ।

मंगलसेन जिबिस हलमा हुने “बिकास र समृद्धिका लागि युवाहरुको भुमिका” बिषयक बृहत छलफल कार्यक्रमको अछाम जिल्लाका सबै सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रशारण समेत गरिने भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला