भ्युटावर बनाउँदै एकता युवा क्लव ।

ZEN Travels

पर्वत ।
वि.स ०६४ सालमा सामाजिक कार्यमा अग्रसर हुने हेतुले स्थापना भएको एकता युवा क्लव कुस्माले आफ्नो भवन बनाउन जुटेको छ ।
स्थानीय युवा बिक्रम के.सी संस्थापक रहने गरि क्लव स्थापना भएको हो ।

क्लवले आन्तरिक तथा वाहिय पर्यटक भित्राउन विभिन्न प्रचारप्रसारका कामहरु गर्दै आएको छ । सांस्कृतिक कार्यक्रम अन्तर्गत एकता युवा क्लवले हरेक बर्ष हरितालीका तिजको अवसरमा यहाँका दिदिवहिनीहरुलाई जम्मा गरेर द्दर खुवाउने सहितका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । वातावरण पर्यावरण अन्तर्गत बृक्षारोपण समेत भएका छन् । हरियाली कुस्मा बनाउन बजारमा हरेका बर्ष वातावराण दिवसको सन्दर्भ पारेर बृक्षारोपण गर्दै आएको छ ।
सेवामुखि कार्यक्रम अन्तर्गत क्लवले विभिन्न संघसंस्थाको सहयोगमा रहेर आर्थिक अभावले उपचार गर्न नसकेका ब्यक्तिहरुलाई सहयोग जुटाई उपचारर्था प्रदान गरेको छ । भने,अन्य समाजमा रहेका थुप्रै समाजिक कार्यहरुमा सहयोगी भूमिका पनि निर्वाह गरेको छ । क्लवमा यहाँका युवाहरु रहेर विभिन्न कार्यहरु गर्दै आफ्नो नेतृत्वदायी भूमीका समेत निर्वाह गरिरहेका छन् ।
कुस्मा नगरपालिका ५,को चाकेल डिल निमार्णधिन बञ्जी जम्पको परिसर स्थित एकता युवा क्लवको समायोजनमा गत ०७४ जेठ महिनामा १,तलाको भवन स्थापना भएको छ । उक्त ,भवन निमार्ण गर्न क्लवको ३ लाख सहित त्यँहाका समुदायको थप आर्थिक सहयोगमा स्थापना गरिएको हो । सो पहिलो तला अहिले जेष्ठ नागरिक दिवा सेवाको रुपमा प्रयोग भएको छ । उक्त,दिवा सेवामा जेष्ठ नागरिक दिउसोको समयमा कुस्मा नगरपालिका वडा नम्बर ५,ले प्रदान गरेकोे १ लाख आर्थिकले तातोचिसो पानी,चियापान गर्छन । यस्तै उनीहरुले भवनमा भजनकृतन,रामायणपाठ सहित आराम जस्ता कार्यहरु गर्दछन् ।
हाल एकता युवा क्लवले सोही भवनमा अर्को तला थप्न शुरु गरेको क्लवका अध्यक्ष नगेन्द्र बहादुर खत्रीले बताए । दोस्रो तला एकता युवा क्लवको प्रयोगका लागि स्थापना गर्न लागेको हो । ‘भवनको दोस्रो तला निमार्णको कार्यभईरहेको छ,’अध्यक्ष खत्रीले भने,‘देश तथा विदेशमा रहनुभएका ब्यत्ति तथा यहाँका व्यापारीहरुले प्रदान गरेको १० लाख ७५ हजारको सहयोगमा हाल भवन निमार्ण भईरहेको छ ।’ उनले सहयोगीहरुको नाम शिला लेख सहित क्लवको भवनमा राखिने पनि बताए ।
क्लवको भवन कल्वले प्रयोग गर्ने मात्र नभई विभिन्न आयामीक कार्यक्रमहरु सञ्चालन गर्न पनि प्रदान गरिने छ । भने, लाईबे्ररी समेत राखिने योजना बनाईएको छ । कुस्माका पर्यटकिय क्षेत्र सहित बाग्लुङ,म्याग्दी लगायतका ठाउँहरुको अब्लोकन गर्न क्लवले भ्युटावर पनि सोहि भबनको उपल्लो भवनमा निमार्ण गर्ने भएको छ । भ्युटावर सहित उक्त भवनबाट अध्यान अवलोकन गर्न पनि सकिने छ ।

यो भवन निमार्ण भएसंगै त्यस ठाउँमा रहेर ज्ञानआर्जन गर्न सकिने शिक्षाविद् तथा क्लवका संस्थापक अध्यक्ष बसन्त बहादुर सि.के ले बताए । समाजमा रहेका युवाहरुले हाल सम्म गरेका कार्यहरु प्रशंसा गर्न लायक रहेका छन,’सि.के ले भने,‘युवाहरुको हातमा अवको देशको भविष्य रहेकाले यस्ता सृजनात्मक कामहरु गर्दा हतोत्साही नहुन आग्रह गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला