आफ्नै आफन्तबाट ठगिन्छन् बैदेशिक रोजगारीमा जानेहरु

ZEN Travels

जिवन बिष्ट कैलाली ।
बैदेशिक रोजगारीमा जानेहरको संख्या दिन प्रतिदिन बढ्दो छ ।कोही सामान्य घर खर्च चलाउनको लागी बिदेशको साहारा लिदैछन त कोही ठुला ठुला सपना सजाएर बिदेशिदै छन् ।कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका अधिंकाशं युवा रोजगारीको लागी बिभीन्न खाडी मुलुक गएका छन् ।घोडाघोडी नगरपालिकाका १२ वटै वडाका युवाहरुको रोजगारीको मुख्य पेशा बैदेशिक रोजगार हो । यहाका अधिंकाश युवा रोजगारीको लागी बिभिन्न खाडी मुलुक तथा भारत पसेका छन् ।
रोजगारीकै लागी बिदेशिएकाहरुको एउटा गाँउ हो घोडाघोडी नगरपालिका २ अन्तरगर्त पर्ने चितलपुर करिव २०० घर दुरी रहेको यो गाँउका अधिंकाश पुरुषहरु रोजगारीको लागी खाडी मुलुक गएका छन् भने खाडी मुलुक जान नसकेकाहरु छिमेकी मुलुक भारत पसेका छन् ।बैदेशिक रोजगारीको लागी खाडी मुलुक पसेका कोही आफन्त बाटै ठगिन पुगेका छन भने कोही बिदेशमा अलपत्र अवस्थामा छन् त कोही घर आउनै चाहिरहेका छैनन् ।यता रोजगारीकै लागी भारत पसेकाहरु पनि बर्षाै देखी सम्पर्कमा छैनन् ।
चितलपुर गाउकी सोनु बमका श्रिमान दमन बम मलेसिया गएको फागुनका तिन बर्ष हुदै छ ।बिदेशमा राम्रो कमाई र सेवा सुविधा पाउने आसमा आफ्नै मामाका छोराले डेढ लाख रुपया लगेर पठायो ।राम्रो कमाइहुने आसले बिदेशिका दमनले बिदेशमा न भने जस्तो काम पाउनु भयो न दाम नै, ऋण लागेर बिदेशिका दमनको कमाइ राम्रो नभए पछि जग्गा बचेर ऋण तिरेको दमनकी श्रिमती सोनु बलमे बताइन् ।
एजेन्टले भने जस्तो काम र दाम नपाए पछि दमनले आफुले काम गरिरहको कम्पनी छोड्नु भयो ।केही सयम उहा कामको खोजीमा मलेसियामा भौतारिनु भयो ।यो कम्पनि त्यो कम्पनी हुदै एउटा कम्पनीमा उहा अवैध तरिकाले काम गर्न थाल्नु भयो ।त्याहा पनि दमनले सोजे जस्तो काम पाउनु भएन, दमनले पाउने तलवमा ५०० रुपमा कम्पनिलेनै काट्ने गरेको सोनुले बताइन् ।रोजगारीको लागी भारतमा रहेका दमनलाई उनकै मामाका छोराले बाध्य वनाएर घर फकाइ डेढ लाख लगेर मलेसिया पठाएका रहेछन् ।
४० हजार महिनाको तलव पाउने आसले बिदेशिका दमनले साचे जस्ता नहुदा लागेको ऋण र घर खर्च चलाउनै धौ धौ भएको छ दमनको परिवारलाई ,दमन लुकेर काम गरिरहेको कम्पनिले १५ सय तलव तोकेको छ तर ५०० काटेर मात्रै दमनले पाउनु हुन्छ १ हजार बाटै खाना लगाएत अन्य खर्च कटाउदा ६÷७ सय सम्म बचत हुन्छ । राम्रो काम र दामको आसले बिदेशिका दमन अहिले घर फर्किन चाहानु हुन्छ तर उहा सँग पार्सपोर्ट छैन, अवैध तरिकाले लुकेर काम गर्दै हुनुहुन्छ उहा श्रिमानलाई घर झिकाउन सक्दो पहल गर्दै्छिन् सोनु ।यस्तै चितलपुर गाँउकै रत्ना जोशीका श्रिमान लोकेन्द्र जोशी मसेलिका गएको गत असारमा ३ बर्ष पुरा भइसकेको छ ।
३ बर्षको लागी मसेसिया गएका लोकेन्द्र ३ बर्ष पुरा भएर पनि महिनो नाघि सक्दा सम्म घर फर्किनु भएको छैन ।श्रिमान अहिले परिवारको सम्पर्कका नरहेको लोकेन्द्रकी श्रिमति रत्ना जोशीले बताइन् ।बिदेश गएको एक डेढ बर्ष सम्म त उहाले राम्रो सँग फोन गर्नु हुन्थ्यो र ४ लाख सम्म पैसा पनि पठाउनु भएको रहेछ ।त्यसपछि उहाले पैसा पनि नपठाएको र फोन पनि नगेको उहाकी श्रिमती रत्ना बताउनु हुन्छ ।रत्नाका अनुसार श्रिमानलाई कुनै समस्या छैन तर उहा आफै परिवारको सम्पर्कका आउन चाहानु हुन्न रत्नाले भनिन् ।
रत्नाको पेटमा निसानि छोडेर बिदेशिएका लोकेन्द्रको अहिले ४ बर्षको एउटा छोरा छ ।लोकेन्द्र बिदेशिएको केही महिला पछि संसार देखेको छोराले अहिले बुवाको सोधि खोजी गर्न थालेको छ ।बिदेशबाट लोकेन्द्रले पैसा पठाउन छोडे पछि अहिले परिवारलाई घर खर्च चलाउन पनि समस्या छ ।लोकेन्द्रका बुढा वुवा अहिले भारतमा गएर घर खर्च चलाइरहेको रत्ना बताइन् ।बिगत ३ बर्ष देखि लोेकेन्द्रको पर्खाइमा बस्नु भएकी श्रिमती रत्ना र आमा भागरती जति सक्दो चाडो श्रिमान तथा छोरो लाई घर फकाइदिन आग्रह गर्छन् ।
यस्तै चितलपुर गाउकै करुणा भण्डारा का श्रिमान दुर्ग भण्डारा मलेसिया गएको चैतमा ४ बर्ष पुग्दै छ ।आफ्नै छोरी ज्वाइको माध्यमबाट भिसा लगाएर बिदेशिएका दुर्गले काम गर्ने मलेसियाको बिस्कुट कम्पनिले ८ सय मात्र तलव दिदा उहा सन्तुष्ठ हुनुहुन्थेन ।खान बस्न आफ्नै त्यसुमा पनि खर्चालु दुर्ग कहा पुग्थ्यो र ३ बर्षको लागी मलेसिया गएका उहाले जसो तसो २बर्ष त्यही कम्पनिमा काम गरेर पैसा पनि घर पठाउनु भयो ।त्यस पछि बिस्तारै घर पैसा पठाउन छोडेको र फोन पनि नगरेको दुर्गकी श्रिमती करुणा भण्डाराले भनिन् ।२ बर्ष पछि दुर्गपनि कम्पनि छोडेर अवैध तरिकाले लुकेर काम गर्न थाल्नु भएछ ।

बिस्तारै बिस्तारै फेरी घरमा उहाले पैसा पठाउन थाल्नु भयो ।६ जना रहेका करुवाको परिवारका मुख्य सदश्य दुर्ग बिदेशिए पछि घरको सवै जिम्मेवारी करुणाको काथमा थपियो ।झन बिदेशबाट पनि श्रिमानले पैसा नपठाउदा निकै गाहे भयो करुणालाई घर खर्च चलाउन, माइती नजिकै भएकाले माइतीको सहयोगले खर्च जुटाएको उनले बताइन् ।अवैध तरिकाले काम गरिरहेका दुर्गलाई अहिले घर आउने व्यग्र चाहाना छ तर आवश्यक काज जातको अभावमा उहा बिदेशमै रोकीनु भएको छ ।

श्रिमानलाई नेपाल फकाइदिन दुर्गकी श्रिमती करुणा भण्डाराले माग गरिन् ।यो गाँउ बाट रोजगारीको लागी खाडी मुलुकपुगेका हरु त ठगिएकै छन् ,समस्यामै छन् छिमेकी मुलुक भारत गएका पनि अलपत्र छन् ।चितलपुरकै कला बिष्टका छोरा रण बहादुर बिगतका २५ बर्ष देखि बेपत्ता हुनुहुन्छ ।पैसा कमाउन पहिलो चोटी भारत गएका रण बहादुर डेढ बर्ष पछि घर फर्कीनु भएको रहेछ ।घर आएर बिहे गरेको एक बर्ष नबित्दै फेरी भारत पसेका उहा कहिले घर नफकेको रण बहादुरकी आमा कला बिष्ट बताउछिन् ।
यो त भयो कैलालीको घोडाघोडी नगरपालिका २ अन्तरगर्तको चितलपुर गाउको समस्या यस्ता घटना र समस्या प्रत्येक गाउमा घटिरहेकै छन् ।यस्ता समस्या अथवा घटना कम गर्न सकेसम्म सोदेश्मै रोजगारी खोज्ने,नभए शिप शिकेर मात्रै बिदेश जान सकियो भने केही मात्रामा भए पनि वैदेशिक रोजगारीमा बड्दो ठगि रोकिन सक्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला