अन्तराष्ट्रिय युवा दिवस कैलालीमा भब्यताका साथ मनाईयो ।

ZEN Travels

जिवन बिष्ट सुखड ।
आज साउन २७ गते अगस्त १२ अर्थात अन्तराष्ट्रिय युवा दिवस, “युवाका लागी सुरक्षित वातावरण” नारा सहित यो दिवस कैलालीमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
युवाको क्षेत्रमा काम गर्ने युवा, संघ संस्था सरकारी तथा गैरसरकारी निकायले आज बिभीन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् ।दिवसको अवसरमा कैलालीको धनगढी,सुखड,टिकापुर लगायत अन्य क्षेत्रमा पनि विभीन्न कार्यक्रम भएका छन् ।कैलालीको घोडाघोडी नगरपालिकामा नगरस्तरीय युवा सञ्जालले बिशेष कार्यक्रम गरेको छ ।
सुखडमा भएको कार्यक्रममा वोल्ने अधिकान्स बोल्ने युवाहरुले स्वरोजगारका कार्यक्रम ल्याइनु पर्नेमा जोड दिए ।कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा नम्बर २ की स्थानिय युवा राजमति अधिकारीले स्थानिय सरकारले बेरोजगार युवाहरुका लागी रोजगार मुलक कार्यक्रम ल्याउनु पर्नेमा बताइन् । स्थानिय स्तरमा रोजगार का अवसर नहुदाँ लाखौँ युवाहरु बिदेशीनु पर्ने बाध्यतामा रहेको उनले बताइन् ।घोडाघोडी नगरपालिका वडा नम्बर १० स्तरीय युवा संजाल संयोजक पुर्ण बड्वालले देशमा परिवर्तन युवाहरुकै कारण भएको बताए ।राज्यको मेरुदण्ड युवा अपहेलनामा परेको उनले बताए ।उनले भने युवा यँहा युवालाई प्रयोग गर्ने काम मात्रै भइरहेको छ ।स्वदेशमा रोजगारीका अवसर नहुदा घरखर्च चलाउन पनि बैदेशिक रोजगारीकै भर पर्नु पर्ने वाध्यता रहेको उनको भनाई छ ।अधिकांस युवाहरु रोजगारीको शिलसिलामा देस बाहिर रहेको भन्दै उनले सरकारले युवालाई स्वदेसमै बस्ने वातावरण शिर्जना गर्न धेरै भन्दा धेरै स्वरोजगारका कार्यक्रम ल्याइनु पर्नेमा जोड दिए ।
यस्तै बिद्यार्थी नेता तथा महिला अधिकारकर्मी साबित्रा आचार्यले नेपाल सरकारले दिने भनेको शैक्षिक प्रमाण पत्र धितो राखेर पाउने आर्थिक सहयोगमा स्थानिय सरकारले पनि हातेमालो गर्नु पर्ने बताइन् ।पढेका युवाहरुले शैक्षिक प्रमाण पत्र धितो राखेर पनि केही रोजगारी हासिल गर्न सक्ने उनको भनाई छ ।सक्षम युवा पढाई तथा रोजगारीको सिलसिलामा देश बाहिर गइहाल्ने गरेका कारण  देशको विकास हुन नसकेको उनले बताइन् ।साथै उनले युवालाई स्वदेशमै बसेर केही गर्ने वातावरण मिलाउन आग्रह गरिन् ।
कार्यक्रममा वोल्दै महिला अधिकारकर्मी शुसिला चौधरीले पनि नेपाल सरकारले ल्याएको युवा नितिलाई स्थानिय सरकारले पनि नगर स्तरीय युवा निति बनाई कार्यन्वयन गर्न आग्रह गरिन्  ।
सुखडमा भएको १९ औँ अन्तराष्टिय युवा दिवस कार्यक्रममा बाल्दै  घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले युवाकै कारण देशमा परिवर्तन भएको बताए् ।नगरपालिकाले युवाहरुको लागी रोजगार मुलक लक्षित कार्यक्रम ल्याउने पनि वडा अध्यक्षले प्रतिबन्धता जनाए ।
यस्तै घोडाघोडी नगरपालिका उप प्रमुख प्रेम कुमारी थापाले युवाहरु सगँ स्थानिय सरकार हाते मालो गरेर काम गर्न आतुर रहेको बताइन्  ।उप प्रमुख थापाले भनीन् स्थानय सरकारले युवाहरुका आवश्यकता हरुलाई  ढिलो चाढो सुनुवाई गर्छ ।१९ औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सुखडमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका १२ वटै वडाका युवाहरुको सहभागिता रहेको थियो । घोडाघोडी नगर युवा संजालका अध्यक्ष शंकर डगौराको सभात्तिमा भएको कार्यक्रमको संचालन संगठनकी  उपाध्यक्ष लक्ष्मी मिश्रले गरेकी थिइन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला