पर्वतः मध्यरातमा बालुवा तस्करले वस्ति खतरा ।

ZEN Travels

पर्वत ।
नदीदोहन रोक्ने अभियान नामको मात्रै भएको पछिल्ला केहि गतिविधीहरुले प्रष्ट पारेको छ । पर्वत प्रहरी प्रशासनले नदी दोहन गर्नेलाई पक्रर्दै छाडदै गर्दा नदीदोहन गर्नेलाई झन सहज भएको छ ।

हाल मात्रै कालीगण्डकी नदीमा दोहनका गतिविधीहरु दिनहुँ वढिरहेको बेला मोदीखोलामा पनि वालुवा तस्करी भएको खुलेको छ । मध्यराति नदिबाट जथाभावि गिट्टी बालुवा निकालेर लैजाने गरेका कारण मोदि गाउँपालिका वडा नबर ६ तिलाहर डिमुबाको पुरै बस्तीमा जोखिम बढेको भन्दै स्थानीय त्रसित भएका छन् ।
स्रोतका अनुसार मोदि गाउँपालिकाको ६, नम्बर वडा मा पर्ने बागलुङ पोखरा राजमार्गको तल्लो डिमुवा बजार खतरामा परेको हो । सो क्षेत्रमा रहेको डिमुवा चौकी भन्दा १०० मिटरको दुरिमा रहेको मोदिखोलाबाट राति डोजर लोडर प्रयोग गरि निकाल्ने गरिएको छ । नदी दोहनमा गत शनिबार मात्रै एक्स के टु २२० एक्स डि नम्बरको स्काभेटर राती १२ बजेको समयमा प्रकाउ परेका हो ।

मोदी प्रहरी विटका प्रहरी असभुवन बरामले उक्त वालुवा तस्कर गर्ने स्काभेटरलाई जिल्ला प्रहरी कार्यलयमा बझाईएको बताए । ‘पटक पटक वालुवा तस्कर भएको गुनासो आईरहेको थियो,’बरामले भने,‘ मध्यरातमा चेकजाँच गर्दा सो स्काभेटर प्रकाउमा प¥यो ।‘
प्रहरीका अनुसार पटक पटक डिमुवाका स्थानीयले वालुवा मोदीबाट तस्कर हुदाँ वस्ती नै खतरामा पर्ने गुनासो गरेका छन् । उनले भने,‘ कावार्हीको जिम्मा अगाडि वढाउँन गाउँपालिकाको जिम्मा लागउने तयारी भइरहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला