‘पुलिसिङ सवैले गर्नुपर्छ अनि शान्ति स्थापना हुन्छ ’ –डि.एस.पि तिवारी

ZEN Travels

पर्वत जिल्लामा हालै मात्र दाङबाट शरुवा भएका आएका प्रहरी नायव उपरिक्षक एवम यहाँका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले पोलिसिङ सवैले गर्नुपर्छ अनि शान्ति स्थापना हुन्छ भन्ने बताएका छन् । सामुदायिक प्रहरीसेवा केन्द्र पर्वतले आयोजना गरेको स्वागत तथा सम्मान गरेको कार्यक्रममा यूतो बताएका हुन । उनले राजनितिक आडमा नपर्ने बताएका छन् । उनले आफु देश र जनताको सहयोगी भएकाले काम संगै न्याय दिलनउनु आफ्नो कतव्र्य भएको बताए । उनले यहाँ रहदाँ कुनै पनि अप्रिय व्यवाहार गर्न नदिने बताए । सानो ठाउँ तर राजमार्ग संग जोडिएको यो जिल्लामा लुकाई छिपाई जे जस्ता पनि घटनाक्रम वढ्न सक्ने हुदाँ यस्ता कार्यहरुको अन्तय गर्न २४ सौं घण्टा तल्लीन हुने बताए । यहाँका जनतालाई शान्ति । सुरक्षा दिने आफ्नो पहिलो धर्म रहेको उनको भनाई छ । निम्न बिषय सहित पर्वतमा आफ्नो कार्यकाल हालै मात्र शुरु गरेको डिएसपी तिवारीले रामकृष्ण लामिछाने संग गरेको कुराकानीको संक्षेप –

१.जिल्लामा पूर्ण रुपमा शान्ति सुव्यवस्था लागु होला ?
–पर्वतमा त्यति धेरै अशान्ति त छैन् । त्यही पनि यहाँ अशान्ति नहोला भन्न् त सकिन्न् । मैले मात्र पूर्ण रुपमा यहाँ शान्ति सुव्यवस्था कायम गर्छु भन्ने कुरा रहेन सवै जिल्लावासी आम जनता संग सहकार्य गरेर काम ग¥यौं भने त्यस्तो हुन्न् । यहाँका २ वटै नगरपालिका र ५ वटा गाउँपालिकाका जनप्रतिनिधी संग समय समयमा सम्र्पक वढाउँछौं । प्रहरी मेरो साथी अभियान सञ्चालन भईरहको छ त्यसलाई निरन्तरता दियौं भने पर्वतमा शान्ति सुव्यवस्था कायम होला भन्ने अपेक्षा छ । र, जनतालाई न्याय दिलाउने काममा आफुले कतव्र्य ठानेर काम पनि गर्छु ।

२.विगतका प्रहरी गतिबिधी भन्दा अन्य केही नयाँ गर्नुहुन्छ ?
–नयाँ काम भन्दा पनि चलिरहेका कामहरुलाई नै निरन्तरता दिनुपर्छ भन्ने मेरो मान्यता हो । समयसापेक्ष केहि शान्ति अमनचयनका कार्यहरु गर्न पनि सकिएला,त्यो समयले देखाउला । अरु, प्रहरी प्रशासनलाई चुस्त पारर्दशीता दिन काम गर्छु । जहाँ प्रहरी अझै पनि आवश्य हुन्छ खटाउँछु । प्रहरीको अपन्तव जनताले गर्न पाउँनुपर्छ भन्ने पनि मलाई लाग्छ ।

३.पछिल्ला दिनमा यहाँ आत्माहत्याका घटना वढिरहेका छन् । आत्माहत्या रोक्न प्रहरीले के गर्छ ?
–हो,मैले पनि सुनिरहेको थिए । यहाँ पछिल्लो बर्षमा आत्मा हत्याका घटना विगत भन्दा वढे्का छन् । यस्ता घटनाहरु हामीले रोक्नु भन्दा सचेतना फैलनउनुपर्छ । सुस्म रुपमा बुझेर जान्छौं । मानिसले आत्मा हत्या गर्नुको मुख्य कारण पारिवारिक पनि हो । उसको ब्यक्तिगत निणर्य क्षमताको विकास हसन सकेन भने यस्ता घटनाहरु वढ्ने हुन । मुख्य त यहाँका सवै मानिसहरुलाई समाजमा खुलेर आउने वतावरण निमार्ण गर्ने पहल हुन्छ । उनीहरु सवै संग प्रहरी मेरो साथी अभियानको माध्यमवाट गयौं भने अन्तिम अव्स्थामा उसले आफ्नो मकाृ राख्न प्रहरीलाई सक्यो भने उसलाई जोगाउने वा बचाँउने प्रत्यन अव्श्य हुने भयो नी हैन र ।

४.जुवा तास खेल्ने,मादक पदार्थ सेवन सहित होहल्ला गर्ने गतिबिधी रोक्न के गर्नु हुन्छ ?
– यी मात्र होईन् ।ट्राफिक अनियमितता पनि अर्को महत्वपुर्ण विषय छ । अहिले जुवा तास खेल्ने, मादक पदार्थ सेवन सहित होहल्ला गर्ने गतिबिधी यहाँ मात्र नभई अन्य प्रदेशका जिल्लाहरुमा वढेको छ । पर्वतमा पनि यी र यस्ता कार्यमा समावेशहरुलाई पहिलो पटक सचेता गर्छ । दोस्रो पटक निशिचित समयलाई नियन्त्रणमा लिन्छौं । र ,तेस्रो पटक अर्थाच अन्तिम पटक उही ब्यक्तिवाट पाईयो भने कानुनी प्रक्रियामा लगेर कावार्ही सहित अन्य प्रत्रियाहरुलाई अपनाउँन बाध्यय हुन्छौं । तसर्थ । राती अवेर सम्म होटल खोल्नेहरुलाई पनि बिन्रमपूर्वक यस्तो कार्य रोक्न राती ८ बजे सम्म मात्रै होटल व्यवसाय बन्दै गरि सहयोग गर्न अपलि गर्छौ ।

५.अन्तयमा,तँपाईको सन्देश ?
– मेरो विचार राख्न दिएकोमा पहिला त यो समाधान पत्रिकालाई धन्यवाद छ । अनि,पर्वत जिल्लामा शान्ति स्थाहीत्व निमार्ण गर्ने मुख्य काम नागरीकको रहेकाले यो कदम चलाउन जिम्मो तँपाईहरु हो भन्छु । अनि,जिल्लामा कुनै पनि अनियमित किसिमका गतिविधीहरु रोक्न सवैलाई लाग्न पनि आग्रह गर्छु । प्रहरीलाई यहाँले नागरिकको हेरालु होईन साथी सम्झने वतावरण निमार्ण गर्न पनि आग्रह गर्छु । तँपाई अन्याय,घरेलु घातंक,सामाजिक आतंक जस्ता गतिबिधीको शिकार हुनुभएको छ । भने,हामी कहाँ आउँनुहोस् हामी सहज रुपमा समाधान गर्ने प्रयास हरक्षण गर्छ । शान्ति अमन चयन ल्याउने कदम हाम्रो मात्र होईन यसमा जनताको पूर्ण साथ चाहिन्छ,हामी यहाँहरु संग हातेमालो गरेर जान तयार छौं भन्छु ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला