४० बर्षीया महिलामाथी बलात्कारको प्रयास,प्रहरीले पिडीतलाई धम्काए पछी न्याय माग्न पत्रकार सम्मेलन ।

ZEN Travels

जिवन बिष्ट कैलाली –

प्रदेश नम्वर सातमा पछिल्लो समय बलात्कार,हत्या र जबरजस्तीकरणका घटना दिन प्रतिदिन बड्दै गएका छन् ।कैलालीमा फेरी महिलामाथी युवाहरुको समुहले बलात्कारको प्रयास गरेको घटना बाहिर आएको छ ।लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया एक महिलामाथी गाउकै एक युवाहरुको समुहले साउन २५ गते राति बल्लात्कारको प्रयास गरेको भन्दै ति महिलाले न्यायको लागि पहल गरी दिन मंगलबार लम्कीमा पत्रकार सम्मेलनको गरेकी छिन् ।

उनले सोहि गाँउका २२ बर्षिया लक्ष्मण बोहोरा र बलियाका मंगल गिरी लगायतकाको समुहले साउन २५ गते राति साढे १० बजे तिर फोन गरी अपशब्द बोल्दै गालि गलौज गरेको र केहि समय पछि घरमा सुतेको समयमा आफुमाथि बलात्कारको प्रयास गरेको बताएकी छन ।दोषिमाथि कारबाहिको लागि किटानी जाहेरी सहितको मुद्धा इलाका प्रहरी कार्यालय लम्कीमा दिदा समेत दर्ता नगरी दिएको गुनासो उनले गरिन् ।उनले भनिन् घटनाको सत्य तथ्य छानबीन गरी दोषि माथि कारबाहि गर्नुको साटो किटानी जाहेरी दिदा समेत प्रहरीले विभिन्न बाहाना गदै आलटाल गर्याे ।प्रहरीले राति घरमा आएकालाई किन प्रतिकार गरेको भन्दै उल्टै आफुमाथि मुद्धा लागाई आफ्ना छोरा १९ बर्षिय अरुण ताम्राकार र २२ बर्षिय हेमन्त ताम्राकारलाई थुनामा राखेको गुनासो गरिन् । महिलामाथि रातिको साढे १० बजे तिर सुतेको अवस्थामा कोठामा प्रवेश गरी बलातात्कारको प्रयास गर्ने ब्यक्तिको नाममा किटानी जाहेरी समेत दिदा मुद्धानै दर्ता गर्न प्रहरीले नमानेपछी न्याय दिलाउन उनले लम्कीमा पत्रकार सम्मेलन गरीन् ।सम्मेलनमा उनले न्यायका लागि सम्पुर्ण पत्रकार तथा न्याय प्रेमि संग पहल गरी दिन आग्रह गरिन् ।

प्रहरीले घटनालाई आलटान गरी स्थानिय स्तरमै मिलाउन दबाव दिईरहेको आरोप लागेको छ ।यता इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने घटनाको प्रकृति र उजुरी कर्ता पिडित तारा देवी ताम्राकारको बयान फरक परेकाले ढिलाई भएको बताए । घटनाको बारेमा अनुसन्धान भैरहेको उनले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला