“जसस बेल्जियमले सम्झियो संबिधानका पिता स्व: शुशिल कोईराललाई”

ZEN Travels

बेल्जियम-

नेपाली जनसम्पर्क समिति बेल्जियमले संबिधानका पिता स्वर्गीय शुसिल कोईराला को ७९ जन्म जयन्ती मनाउँदै उहाँलाई स्मरण गरेको छ।

नेपाली जनसम्पर्क समिती बेल्जियमकीसभापति श्रीमती सीता सापकोटाको सभापत्तिवमा बेल्जियमको लुभेन शहरमा हिजोअगस्ट १३ गते सोमबार का दिन सन्त, सादगी नेता पुर्व प्रधानमन्त्री तथा पुर्व पार्टी सभापति श्रदिय शुसिल कोईराला को ७९औ जन्म जयन्ती भब्य रुपमा मनाएको छ। नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष तथा माननिय सांसद उमा रेग्मीको प्रमुख आतिथ्य तथा नेपाली महिला संघकी केन्द्रीय सदस्य छलीकुमारी शर्मा र पुर्व सांसद तथा जनजाति महासंघका निबर्तमान अध्यक्ष नरेन्द्र कुमार कुमालको बिशेष आतिथता रहेको उक्त कार्यक्रममा अतिथि को रुपमा एन आर एन ए केन्द्रिय सचिव श्रीमती जानकी गुरुगं, जनसंम्पर्क समिती बेल्जियम का पुर्ब अध्यक्ष श्री ईन्द्र क्षेत्री पकवान र निबर्तमान अध्यक्ष श्री सुवाष जोसी सन्तोष हुनुहुन्थ्यो भने नेपाली जनसम्पर्क समितीमका अग्रज, महासमिती सदस्य, महाधिवेसन प्रतिनिधी , कृयाशिल तथा साधारण सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो।

मन्तब्बे राख्ने क्रममा प्रमुख अतिथि माननीय सासंद उमा रेग्मी ले हामी आफै भित्र मिल्न नसक्नु दु:खद कुरा हो। पार्टी भित्रै खुट्टा तान्ने प्रवृति, खेमा, गुट-उपगुटले गर्दा मुलुकको प्रमुख पार्टी नेपाली काँग्रेस अहिले यो स्थितिमा आईपुगेको बताउँदै पुन: यथा स्थितिमा फर्काउन हामी भित्रै सुधार गर्नु पर्ने बताउनु भयो।अन्तरकृया को सिल-सिलामै उठेका प्रश्नको जवाफ दिदै केन्द्रले पनि गल्ति गर्न सक्छ तपाईहरुले झकझकाउनु पर्छ, तर्क सहित प्रस्तुत हुनु पर्ने पार्टीका सिपाईहरुको दाईत्व हुने जानकारी गर्नु भयो।

त्यस्तै पुर्व सांसद तथा जनजाती महासंघका निबर्तमान केन्द्रीय अध्यक्ष नगेन्द्र कुमार कुमाल पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान, निबर्तमा अध्यक्ष शुभाष जोसी सन्तोष, एन आर एन ए केन्द्रिय सचिव जानकी गुरुंगले नेपाली काँग्रेश भनेको दुबो हो यो कहिल्यै मर्दैन यो केवल थोरै ओईलाएको मात्रै हो त्यो पनि हाम्रै आन्तरिक कारणले गर्दा तर हामी सबै कार्यकर्ता एक भएर जनताको चाहनाको बाहक बनेर गाउँ पसौँ हाम्रो पार्टी ५ बर्षमा पहिलाकै स्थानमा अबस्य ल्याउन सकिने छ भनी तार्किक मनतब्य राख्नु भएको थियो।

सभाको समापन गर्दै सभापति सिता सापकोटाले नेपाली काँग्रेसको बिधान लाई आत्मसाथ गरी बि पी को समाजवाद र उनले प्रतिपादन गरेका सिद्धान्त लाई बुझ्नु ज़रूरी हुने बताउँदै अब नेपाली काग्रेस ले आफ्नो संगठन बलियो बनाउन आन्तरिक मनमुटावको अन्त्य गरी पार्टी शुद्दिकरण र शसक्त्तीकरण को निती लिएर अगाडी बढ्नु पर्ने आजको आवस्यकता रहेको बताउनु भयो,पार्टीमा ईमान्दार र निष्ठावान कार्यक्रताको मुल्यांकन हुनु पर्ने र सच्चा पार्टीका युगपुरुषहरुको सम्मान गर्न जान्नु पर्ने हाम्रो दायित्व हो तब मात्र सन्त र सादगी नेता शुशिल कोईराला जस्ता ईतिहास पुरुष हरुको सपना साकार हुने बताउनु भएको थियो। कार्यक्रमको स्वागत मन्तब्य ज स स का बरिष्ठ उपाध्यक्ष देवु शर्मा पौडेलले गर्नु भयो। कार्यक्रम सन्चालन ज स स का महामन्त्री दिनेश भन्डारीले गर्नु भएको थियो । जय नेपाल। प्रवक्ता जगदीश सापकोटा

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला