कहिले होला बादल र विप्लवको भेट (पुराना ११ तस्बिरसहित)

ZEN Travels

काठमाडौं ।

रामबहादुर थापा अर्थात् बादल । पूर्वरक्षामन्त्री, अहिलेका शालीन र कुशल गृहमन्त्री । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता थापा यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रमा विद्रोह गरी वरिष्ठ नेता मोहन वैद्य किरणको सहयात्री बने । त्यहीँ थिए युवानेता नेत्रविक्रम चन्द विप्लव अर्थात् अहिलेका अर्का विद्रोही कमाण्डर नेता ।

मोहन वैद्यसँग लामो समय सहकार्य हुने नदेदेपछि दलबलसहित थापा पुरानै माओवादीमा फर्किए । नेता, सांसद हुँदै गृहमन्त्री बने । पुष्पकमल दाहालका प्रिय मित्र बने । उता, मोहन वैद्यसँग लामो समय सहकार्य हुने छाँट नबनेपछि नेत्रविक्रम चन्द विप्लव पनि वैद्य छाडेर नयाँ माओवादी मोर्चा खोल्दै पुनः जनवादी गणतन्त्रको कार्यभार पूरा गर्न बाँकी रहेको बताउँदै नयाँ मोर्चामा लागे । उनको पार्टी नेकपा अर्थात् नेपाल कम्युनिष्ट पार्टी । नेकपाका महासचिव विप्लव लगभग भूमिगत छन् । उनको सात सदस्यीय सचिवालयमा प्रवक्ता थिए पूर्वमन्त्रीसमेत रहेका खड्गबहादुर विश्वकर्मा अर्थात् प्रकाण्ड । जब प्रकाण्ड काठमाडौंमा चन्दा असुली प्रकरणमा पक्राउ परे ।

यसपछि विप्लवले आन्दोलनको फायर खोले । नेपाल बन्दसमेत भयो । बन्दक्रममा काठमाडौंसहित देशका विभिन्न भागमा बम विष्फोट र डिस्पोज भए । अर्थात् विप्लवको शक्ति कम आँक्न मिल्दैन । उता उनै विप्लवसँग कुनैबेला सँगै हिँडेका मन्त्री बादलले प्रकाण्ड ‘अपराधी’ नै भएको जिकीर गरे । प्रकाण्डलाई हत्कडी लगाइएको विषयमा बादलको निकै आलोचना भयो । एकजना क्रान्तिकारी साथी गृहमन्त्री, अर्का क्रान्तिकारी साथी हत्कडीमा । यो त मिलेन भन्दै सामाजिक सञ्जालमा पनि आलोचना भइरहेका बेला बादलले संसदमै प्रकाण्ड ‘अपराधी’ भनेपछि यी दुई नेताको सम्बन्ध चिसिएकामा धेरैले सामाजिक सञ्जालमा चिन्ता जताए । यी दुई नेताको सम्बन्ध साँच्चै चिसिएको अनुमान गरियो । युद्धकालीन समयमा बादल र विप्लवका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भयो । तस्बिर सामाजिक सञ्जालबाट लिइएको हो । हेर्नुहोस् पुराना तस्बिरहरुः

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला