पर्वतःवेबसाइट नियमित रुपमा अपडेट हुदैनन् ।

ZEN Travels

पर्वत ।

जिल्लामा रहेका स्थानीय तह तथा सरकारी कार्यालयका वेबसाइट नियमित रुपमा अपडेट भएका छैनन् । कतिपय कार्यालयले वेभसाइट निर्माण गरे पनि त्यसको प्रयोग नगरेको पाइएको छ ।
सरकारले सरकारी कार्यालय तथा स्थानीय तहलाई वेबसाइट निर्माण गरेर आफ्नो कार्यालयका सूचना तथा अन्य गतिविधि वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताएको छ । तर जिल्लामा त्यसको कार्यान्वय भने हुन सकेको छैन । स्थानीय तहमा एकजना आईटी अफिसरको समेत व्यवस्था गरीएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको असार २९ गते सबै स्थानीय तहलाई पत्राचार गरी वेबसाइट निर्माण गर्ने निर्देशन दिएको थियो । स्थानीय तहमा वेबसाइट सञ्चालन गरी स्थानीय तहले गरेका गतिविधि सार्वजनिक गर्ने निर्देशन दिएको थियो । जसले गर्दा स्थानीय तहले गरेका कार्य सहज रूपमा जनताले प्राप्त गर्ने सक्ने लक्ष्य सरकारले लिएको छ ।
यसरी वेबसाइट अपडेट नहुदा नागरिक सहज रूपमा सूचना पाउनु पर्ने अधिकारबाट वञ्चित भएका छन् । वेबसाइट राखेपछि नागरिकहरू घरमै बसेर सहज रूपमा सूचना प्राप्त गर्ने सक्नेछन् । तर त्यसो हुन सकेको छैन । यहाँका सरकारी कार्यालय तथा स्थानीय तहले निययमित रुपमा सुचना दिन आफ्ना वेबसाइट उपडेट गर्दैनन् । हाल यो प्रक्रिया जिल्लाका स्थानीय तह कार्यालयले लामो समयसम्म अपडेट नगरेको पाईन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला