समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्दछ उपाध्यक्ष कुवर 

ZEN Travels

कपिलवस्तु –
अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा केहीहद सम्म बेरोजगारीले पनि साथ दिएको छ, उपाध्यक्ष कुंवरले भन्नुभयो यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्दछ ।अखिल छैठौं प्रदेश ५ को आज कपिलवस्तुमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । समाजमा घट्ने यस्ता अपराधिक गतिबिधि रोक्न युवा बिद्यार्थीले सचेतना अभियान संचालन गर्नुपर्नेमा पनि उहांको जोड रहेको छ ।
प्रदेश कमिटी अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष सुमन भण्डारीको स्वागत मन्तव्य र सचिव सुरेश आचार्यको संचालनमा सम्पन्न बैठकले आगामी असौज २६,२७ र २८ गते झापाको बिर्तामोडमा हुन लागेको संगठनको २१ औं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पार्न यस प्रदेशका १२ वटै जिल्लामा सांगठनिक गतिबिधिलाई तिब्र पार्ने निर्णय गरेको छ ।जस अनुसार यहि भदौ १५ गतेभित्रमा सबै जिल्ला कमिटिका बैठकहरु सम्पन्न गर्ने,असौज १५ भित्रमा जिल्ला सम्मेलनहरु गर्ने साथै यस बिचमा अन्धबिस्वास र कुरिति बिरुद्ध नागरिक सचेतना अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको अखिल छैठौं प्रदेश ५ का कोषाध्यक्ष प्रकाश जि.सी.ले जानकारी दिनुभएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला