रुकुमका दर्जन घर पहिरोको जोखिममा

ZEN Travels

ज्ञानु गौतम रुकुम –

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा ९ न्यालिबजारका आधा दर्जन स्थानीयका घर पहिरोको जोखिममा रहेका वताएको छ ।

उक्त स्थानका कुलबिर बुढाथोकि, अतिराम बुढाथोकि , शसिराम बोहरा, गोरख बोहरा लगाएतका घर जोखिममा रहेको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी दिनुभयो । गए राती परेको अविरल वर्षाका कारण कुलबिर बहादुर बुढाथोकिको घर पहिरो उच्च जोखिममा परेको छ । माथिबाट पहिरो आउने डरले घर छाडेर स्थानीयको घरमा जाने गरेको स्थानिय कुलबिर बुढाथोकिले बताउनुभयो ।

यसैबिच दाउरा निकालन जादा भेरीमा फसेकि चौरजहारी नगरपालिका वडा नं ३ निबासी मानकुमारी बिक लाई स्थानिय र प्रहरीको सहयोगमा उद्धार गरीएको छ । दाउरा ल्यानउ भेरी नदिमा जादा भेरी बढेर बिच नदिमा परेकि उनलाई सकुसल उद्धार गरीएको प्रहरीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला