निगमले बढायो तेलको भाउ प्रतिलिटर पेट्रोल १ सय ११

ZEN Travels

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । गयरातिदेखि लागु हुनेगरि निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैया ,डिजेल र मट्टीतेलमा २ ,२ रुपैया बढाएको हो ।

अब उपभोक्ताले प्रतिलिटर पेट्रोल १ सय ११ , डिजेल र मट्टीतेल ९५ रुपैया तिर्नुपर्नेछ । यसैगरि आन्तरिकतर्पm हवाई ईन्धन प्रतिलिटर ४ रुपैया ५० पैसा र हवाई ईन्धन अन्तराष्टियतर्फ प्रतिब्यारेल ५० डलर वृद्धि गरेको छ ।

निगमले खाना पकाने ग्याँसको मुल्य भने यथावत राखेको छ । अन्तराष्ट्रिय बजारबाट नेपाल आयात गर्दा पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित मूल्य विधिद्वारा मूल्य समायोजन गरेको निगमको भनाइ छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला