एन आर एन ए स्पेनले गर्यो पत्रकार अम्माईलाई सम्मान।

ZEN Travels

भोला लामिछाने –

यूरोप एन आर एन ए स्पेनको बार्सिलोनामा रहेको आफ्नै कार्यलयमा आयोजीत एक औपचारीक कार्यक्रममा संघ ले नेपाल पत्रकार महासंघ यूरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई लाई स्वागत तथा सम्मान गरेको छ ।

बेल्जीयम निवासी पत्रकार अम्माई बार्सिलोना भ्रमणमा आएको मौका पारेर संघ ले स्वागत तथा सम्मान गरेको हो । कार्क्रममा पत्रकार अम्माईले नेपाली डायसफोरा मा रहेका पत्रकार र बिभीन्न संघ संस्थाहरू सग नडं र मासुको सम्बन्ध रहेको बताउदै निश्पक्ष कलम चलाईरहदा आउने केही समस्याहरू लाई एक आपसमा बसेर सल्लाह गरेर समाधान गर्न सकीने बताउदै आफुलाई सम्मान गरेको मा एन आर एन ए स्पेनलाई धन्यबाद दिए ।

साथै संघको कार्यालयमा आयोजना गरिएको शुसी खाना तालीम सम्पन्न गरिए सगै तालिममा सहभागी प्रशिक्षाथ्री तथा प्रशीक्षक हरूलाई प्रमाण पत्र वितरण गर्दै सम्मान समेत गरिएको थियो । कार्यक्रमा स्पेन स्थित बिभीन्न संघ संस्था का प्रतिनीधी लगायत पत्रकारहरूको उपस्थीती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला