समृद्धिको सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको कांग्रेसको आरोप

ZEN Travels

काठमाडौं-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समृद्धिको उडन्ते सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको आरोप लगाएको छ । दुईतिहाइको बलमा जनविरोधी काम नगर्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले विपक्षीको चिन्ता लिनु भन्दापनि जनताको काममा तल्लिन रहन सरकारलाई आग्रह गर्नु भयो ।
चौधरीले दुईतिहाइको बलमा जनविरोधी काम गर्ने छूट सरकारलाई नभएको बताउनुभयो । कांग्रेसका अर्का सांसद भरत शाहले देशव्यापी बढेको कर आतंकका कारण अहिले ʻगाउँमा सिंह आयो दरवार आएनʼ भन्ने गुनासो बढेको बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला