खरेहा कुस्माकी २० बर्षे युवतीले गरिन् आत्माहत्या ।

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका ७ खरेहा पर्वत घर भएकी एक नवविवाहित युवती बबिता सुवेदी गौतमले आत्माहत्या गरेको समाचार प्राप्त भएको छ । उनले आफ्नै घरको कोठामा झण्डीएर आत्माहत्या गरेको खुल्न आएको छ ।

आज विहान ६ बजे प्रहरीले खबर प्राप्त गरेर खरेहा पुग्दा उनको मृत्यु भईसकेको थियो । उनको उमेर २० बर्ष मात्रैको रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतक सुवेदीको मृत शरिर प्रहरीले पोष्ट्रमार्टका लागि जिल्ला अस्पताल पर्वतमा बुझाइसकेको छ ।

प्रहरीका अनुसार मृतको हत्या भएको कुनै पनि शंका छैन् । उनका श्रीमन् स्थानीग खरेहामा व्यापार व्यवसाय गर्दै आएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला