जिल्लाका विद्यार्थी नेता नेविसंघ गठन गर्न गाउँगाउँमा

ZEN Travels

पर्वत ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतले संगठन विस्तार अभियान थालेको छ ।

जिल्लामा पार्टी संगठनका गतिविधी सुस्ताएको र सर्मथकलाई पनि संगठित गर्न नसकिएको निश्कर्ष निकाल्दै अभियान सुरु गरेको हो । अभियान अन्तरगत क्षेत्र नम्वर १ का सवै मा.वि तहमा पुगेर संगठन विस्तार गर्ने जनाईएको छ । अभियानको क्रममा संघले कुश्मा नगरपालिका २ खुर्कोटमा अवस्थित हिमालय मा.विमा बिबेक गिरीको अध्यक्षतामा ३० सदस्य समिति गठन गरेको छ भने, मंगलवार सालिजा मा.विमा विकास पुनको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा निसा पुन, सचिवमा सुवास पुन, कोषाध्यक्षमा माया चोचाङगी , सहसचिवमा मनिस गर्वुजा र सदस्यहरुमा प्रेमवहादुर खोर्जा, एलीस फगामी, लिला पुन मगर र गोपाल चोचाङगी रहनु भएको छ । त्यस्तै यता ग्रामोप्रकाश मा.विमा संगठन विस्तार अभियानमा अवरोध भएको छ । अन्य संगठनका विद्यार्थीले अवरोध गरेपछि संघले सदस्यता मात्र वितरण गरेको छ । संघले अधिवेशन पछि गर्ने निर्णय गरेको जनाएको छ ।

कार्यक्रमलाई सम्वोधन गदै नेपाल विद्यार्थी संघ पर्वतका सचिव बरदान पौडेलले नयाँ कार्य समितिलाई शुभकामना दिँदै विद्यार्थीका समस्यालाई निरकरण गर्न आफु र सिङ्गो नेविसंघ तयार रहेको बताउनु भयो । कार्यक्रममा नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका ईकाई सभापति शिशिर शर्मा पौडेलले विद्यार्थीका पक्षमा नेवि संघ कहिल्यै पछि नहटेको बताउँदै नेवि संघमा आवद्ध हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेवि संघ पर्वतका जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला