बालिका हत्याको बिरोधमा कञ्चनपुर तनावग्रस्त, महेन्द्रनगरमा कर्फ्यू लगाइयो

ZEN Travels

कञ्चनपुर ।

कञ्चनपुरको भिमदत्त नगरपालिका –२ महुलियाकी १३ वर्षीय निर्मला पन्तको हत्या प्रकरणको बिरोधमा स्थानियहरुको प्रदर्शन कडा बन्दै गए पछि महेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

गत साउन १० गते बलात्कार पछि हत्या गरिएको घटनाको दोषीलाई प्रहरी प्रशासनले जोगाउन लागेको भन्दै दिनहुँ जनताले बिरोध प्रदर्शन गर्दै आएका थिए ।

प्रहरी र प्रशासन विरुद्ध गरिएका प्रदर्शन कडा बन्दै गए पछि स्थानिय प्रशासनले कर्फ्यु लगाएको हो ।  हत्याका दोषीहरूलाई कडा कारवाहीको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै आए पछि प्रदर्शन कडा बन्दै गएको हो ।

हत्याकाण्डमा संलग्न भन्दै प्रहरीले दिलिपसिह बिष्ट लाई सार्वजनिक गरे पछि मुख्य दोषीलाई जोगाउन प्रहरीले प्रपोगान्डा गरेको भन्दै महेन्द्रनगरमा प्रहरी विरुद्ध स्थानियले आन्दोलन चर्काउदै आएका थिए ।

बिहिवार स्थानिय जनताले गरेको आन्दोलन दबाउन प्रहरीले गोलि प्रहार समेत गरेको थियो । प्रहरीको गोलि बाट ४ जना घाइते भएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला