एन आर एन स्विटजरल्याण्डको सदस्यमा बिक्रम केसी र कल्पना तामाङ्ग मनोनित

ZEN Travels

स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डको बैठकले बिक्रम केसी र कल्पना तामाङ्गलाई मनोनित गरेको छ । यस भन्दा अगाडी क्षेतेन शेर्पाले कार्यब्यस्तताको कारण दिनु भएको राजिनामा स्वीकृत गरेको छ ।

अगस्ट १९ तारिख जुरिच्मा बसेको कार्यसमितिको बैठकले शेर्पाको राजिनामा स्वीकृत गर्दै रिक्त्त महिला सदस्यको पदमा तामाङ्ग साथै रिक्त सदस्य पदमा श्री जेनेभा निवासी बिक्रम केसीलाई नियुक्त गरिएको महासचिब शुक्र श्रेष्ठले जानकारी दिनुभयो ।

हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम हुने
गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट चर्चित गायिका रिता के. सी. कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रमम तय भएको छ।

आगामी १५ सेप्टेम्बर २०१८ शनिवारको दिन स्वीट्जरल्याण्डाको सियोनमा हुने तीज कार्यक्रममा यस पटक भने केबल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभएर महिला सशक्ति करण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिने आयोजकले बताएका छन् । एनआरएनए आईसिसी महिला संयोजक रजनी प्रधान र यूरोप क्षेत्रीय महिला सहसंयोजक संगीता मरहट्ठा अतिथिको रुपमा कार्यक्रममा सहभागी हुने जानकारी प्राप्त भएको आयोजकले जनाएको छ।

एनसिसी स्वीट्जरल्याण्ड महिला फोरम संयोजक शुभ एल्मर लामाले दिएको जानकारी अनुसार उक्त दिन दिनको ठीक १३ः३० बजेबाट अन्तरक्रिया कार्यक्रम सुरु हुने र त्यसपछि तीज कार्यक्रम सुरु गरिने कार्यक्रम तय भएको छ । त्यसैगरी कार्यक्रम आयोजक महिला फोरमले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य नेपालीहरु समेतलाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनका लागि आग्रह समेत गरको छ । उक्त कार्यक्रम सम्मन्धी अन्य बिस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला