मनकारी सुजन मृगौला पिडित म्याग्दीका सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग ।

ZEN Travels

पोखरा ।

मृगौला पिडित म्याग्दी जिल्ला मंगला गाउपालिका ५- अर्मन बस्ने वर्ष १९ का सुरेश छन्त्यालको उपचारमा उनका दाई हाल जापानमा अध्यनरत याम बहादुर रोक्काको अनुरोध र फुकुओका नेपाल सोसाइटीका प्रवक्ता सुजन के.सी.साथै सुदुर पश्चिम समाज क्युसु जापानका अध्यक्ष मोहन सिंङ मडैको सकृयतामा ३२हजार रूपैया सङ्कलन भएको छ।

उपचारमा थप आर्थीक सहयोग होस भन्ने उदेश्यले सहयोग रकम आफु र साथीहरुवाट संकलन गरेको सङ्‌गै निहोन खेइजाई ढाइगाकुमा अध्यनरत रमेश खड्काले बताएका छन । संकलित भएको रकम उनका दाजु याम रोक्का लाई दिइएको छ। संकलित रकममा केहि साथीको थप रकम सहित दुवै मृगौला पिडित सुरेशको परिवारलाई हस्तान्तण गरिने उनका दाजु याम रोकाले बताएका छन्।

दुबै मृगौला खराब भई जिबन मरणको दोसाधमा रहेका सुरेशको काठमाण्डौ स्थित टिचिङ् अस्पताल मा उपचार भई रहेको छ। सहयोग रकम संकलनमा सकृयता देखाएका फुकुओका नेपाल सोसाइटीका प्रवक्ता सुजन के.सी ले यस अघि पनि आफ्नै गाउ निबासी मृगौला पिडित थमन बि.क लाई समेत सहयोग गरेका थिए।

के.सी एक वरिष्ठ संचारकर्मीको रुपमा पर्बतको रेडियो शालिग्राममा सह–स्टेशन म्यानेजरको रुपमा केही बर्ष पहिला काम गरेका थिए भने मडै ले नेपालमा रहदा पनि विभिन्न सामाजिक काम गरेका थियl सुजन के.सी र मडै हाल जापनमा अध्यनको शिलशिलामा जापनमा रहिरहेका छन । उनीहरु दुबैले समाजिक रुपमा थुप्रै काम गर्दै आएका छन । दुवै मृगौला पिडित सुरेश छन्त्यालको शिघ्र स्वास्थ लाभ गर्दे अन्य महानुभावहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला