निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै अर्घाखाँचीमा प्रदर्शन

ZEN Travels

अर्घाखाँची   ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कारबाहीको माग गदै अर्घाखाँचीमा प्रदर्शन भएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्क शान्ती बंगैचामा भेला भई अर्घाखाँचीबासीहरुले  निर्मला पन्त लगायतका घटनामा बलात्कार र हत्या गर्ने अपराधीहरुलाई कारवाही गर्न माग गरेका छन् ।
स्थानिय सामाजिक अभियन्ता शिव बेल्वासेको संयोजनमा भएको कार्यक्रमका सहभागीहरुले राज्य नै दोशीहरुलाई उम्काउने षड्यन्त्रमा लाग्नु निकै दुखद रहेको बताएका हुन् ।
दोशीको पहिचान गरि कारवाही गर्नुको साटो न्याय माग्दा गोली ठोकेर राज्यले अन्याय गरेको अर्घाखाँचीबासीहरुको ठहर रहेको छ । जस्टीस फर निर्मला लेखिएको ब्यानर सहित स्थानीयहरु आज साझ पाँच बजे सन्धिखर्कमा जम्मा भई प्रदर्शन गरेका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला