गाईजात्रा विशेष स्छट्पटे कान्छाको चट्पटे समाचार “करैकरले चक्कर”

ZEN Travels

छट्पटे कान्छाको चट्पटे समाचार नमस्कार १
नगर्नु है हतार, पहिले मुख्य समाचार १
ड्ड दामपन्थी पार्टी मिलेर बन्यो कमाउनिस्टको सरकार,
मोदीको चाकडी गर्नै हतार, इन्डीयामा खाुर चाइनामा डकार १
ड्ड संघीय, प्रदेश र स्थानीय सरकार, गाउँगाउँमा सिंहदरबार,
बढ्यो कर, झनै बढ्यो भ्रस्टाचार, संघीयता हुने होकी बेकार १
ड्ड फ्रान्सले लग्यो विश्वकप भकुण्डो २०१८ को शिल
क्रोसिया चम्क्यो, सुरुमै साइड लाए जर्मनी, अर्जेन्टिना, ब्राजिल १
ड्ड चुनाव अघि वृद्ध भत्ता दोब्बर, जितेपछि त्ष्mभ ष्क यखभच १
५२ ठक्कर ५३ घुस्सा, जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा १
ड्ड अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली किम जोङ उन्
गोर्खालीले सुरक्षा दे’को सिङापुर वार्तामा बस्दा झण्डै पाध्या हुन् १
त्यसका बाउको खालो, बिज्ञापनको पालो १
भाइले फेयर एण्ड लभ्ली लाउन थालो,
जति फेयर एन लभ्ली लायनी अनुहार भने छ कालो १
देश निर्माणको जिम्मा सिमेन्टले लियो,
समृद्ध नेपाल बनाउन अब थोत्रा नेता किन चाहियो १
अब बैंकमा पैसा होईन बिश्वास जम्मा गर्न जानी,
बैंक पनि साथी पनि, लुट्छ अनि आन्द्रा छामी छामी १

 

लेखक रुद्रप्रसाद अधिकारी, कास्कीकोट, कास्की

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला