छोरी मलाई माफ गर,मैले तिमीलाइ यो संसार चिनाउन सकिन …………………

ZEN Travels

-नरेन्द्र  के.सी

मैले तिमीलाइ यो संसार बुझाऊन सकिन
रक्तपिचाशु राक्षसहरु पाइला पाइलामा भेटिनेछन ब्वासाहरु………

सिनोसरि झम्टन तयार हुनेछ छोरि तिमी छोरि भयकै कारण
ठुलो डर छ यो संसारमा छोरी मलाइ माफ गर,

मैले तिमीलाइ यो संसार चिनाउन सकिन
हिजो भर्खर तिम्रा ती कोमल हातहरुले कोरेका

ती हात्ती र बाघहरु तिमीलाइ सोध्दैछन
त्यो होमवर्क गर्दागर्दै छोडेको

किताब भित्रको कापिले तिमीलाइ खोज्दैछ
फ्रीज भित्र राखेको आइसक्रीम तिम्रै प्रतिक्षामा छ

छोरी मलाइ माफ गर,
मैले तिमीलाइ यो संसार बुझाउन सकिन

कसले सोध्छ अब बाबा चकलेट भनी
कसले लगाइदेला काउकुति र तेल पनि अन्तिम पटक

बोलिहौली बाबा बाबा भनि यो बाबुको खुसि हरण गर्ने
बलत्कारि जत्तिकै दोषि छ
यो संस्कार पनि छोरी मलाइ माफ गर,मैले तिमीलाइ यो संस्कार चिनाउन सकिन । । ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला