के नेपाल राजकीय भ्रमणको लागी असुरक्षित भएकै हो त ?

ZEN Travels

पुष्प थापार जर्मनी –

संसारको बदल्लिदो अवस्था र परिस्थितिमा मानिसको जीवन स्तर समृद्धिको दिशा तीर उन्मुख भएको छ बिकासको गति संगै विलाशी जीवन शैलीको पनि विकास हुने गर्दछ। समृद्ध शुखी र शक्तिवान व्यक्तित्वलाई अब धेरै असुरक्षित भएको प्रमाणित राष्ट्र प्रमुख तथा सरकार प्रमुखको विदेशमा राजकीय भ्रमणमा जादा सम्म आफ्नै सुरक्षा कर्मी लिएर जाने चलनले सिद्ध गर्दैछ। पहिले पहिले अमेरिकन राष्ट्रपतिले मात्र यस्तो गर्ने गर्दथे। तर अहिले संसारका धेरै महत्वपूर्ण र शक्तिशाली मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले राजकीय औपचारिक भ्रमणमा आफ्नो सुरक्षा कर्मी आफै लिएर जाने चलनको क्रम बढ्दो छ।

संसारमा जे जती आधुनिक बिज्ञान र प्रविधिको विकासको प्रयोगले सहज र बलियो बन्दैछ।विश्व भरी फैलिएको ब्याप्त अतिबादी आतंकबादबाट अशुरक्षित बन्दै गई रहेको छ।अन्तर्राष्ट्रिय आतंकबादबाट बिश्वको मानव समुदाय नै धेरै पिडित बनि सकेको छ। त्येसैले अमेरिकन राष्ट्रपति डोनाल ट्रम, भारतीय प्रधान मन्त्रि नरेन्द्र मोदी,चीनको राष्ट्रपति शी चिनफिंग, प्रधानमन्त्रि ट्रेसा मे, जर्मन चान्सलर अन्गेला मर्केल, फ्रेन्च राष्ट्रपति एमैनुएल मैक्रों, रुसी राष्ट्रपति व्लादिमीर व्लादिमीरोविच पुतिन जस्ता शक्ति शालि मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुको औपचारिक राजकीय भ्रमण हुदा आफ्नै सुरक्षा क्रमी लिएर जाने गर्न थालेका छन।

नेपालमा अहिले हुन लागी रहेको बिमस्टेक राष्ट्रको शिखर सम्मेलनमा आउने क्रममा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले पनि आफ्नो सुरक्षा कर्मी लिएर आउनु कुनै आश्चर्य र नौलो बिषय होइन। यो अब अन्तर्राष्ट्रिय प्रचनको रुपमा विकास भईसकेको छ। भीभीआईपी सुरक्षा जस्तो अति संबेदनशिलको मामलामा संसारका सबै मुलुकहरुका सरकारको जिम्मेवार र नागरिकहरु सचेत हुन अति आवश्यक रहेको छ। त्येसैले नेपाल सरकारको अनुमति र सहमतिमा नै भारतीय सेना नेपाल आएका हुन नकी नेपाली सुरक्षा कर्मीहरुलाई असक्षम र अबमुल्यन नै गरेर हो यो त अहिले अन्तर्राष्ट्रिय प्रचलन नै भईसक्यो।

नेपाल र भारतको खुला सिमा भएको कारणले पनि अन्तर्राष्ट्रिय आतंकबादको प्रभाव नेपाल पनि हुन सक्ने शंखा उत्पन्न हुने सोचाई अझ धेरै बढ्दै गएको छ।अर्को कुरा नेपालमा बढ्दै गएको बेरोजगार र अपराधिकरणले अझ धेरै सशंकित बनाउदै गई रहेको छ।आतंकबादको सिर्जनाको स्रोत गरिवी, राजनीतिक अस्थिरता, धार्मिक तथा जातीय द्वोंद्व नै प्रमुख हुने गर्दछन। त्येसैले हामी नेपालीहरुले नेपाल जे जति सुरक्षित छौ र नेपाल सुरक्षित देश हो भन्ने शान्तिको व्याकुल फुके पनि बाकी विश्वको तस्विरको दृष्यमा यस्तो छैन।

दश बर्षे जनयुद्धमा १७ हजार निर्दोष नेपाली नागरिकहरुले ज्यान गुमाए भने हजारौ अंगभंग भएका पिडित नेपालीहरु अझै आफ्नो नरकीय जीवन यापन गर्दै छन। हरेक दिन जस्तै बलात्कार र अपरण जस्ता जघन्य अपराधीकरणले नेपालको बाहिरी र भित्रि आवरणको छवि धमिलो भई सकेको छ। जबर्जस्ती चन्दा, बन्द हड्ताल, चक्का जाम, जुलुस,धर्ना र बिखन्डीकरणका राष्ट्र द्रोही आवाजहरुले अन्तर्राष्ट्रिय जगतमा धेरै ठुलो असर पार्ने गर्दछन। यी सबै नेपालको नामलाई विश्व मान चित्रमा अशान्तिको संकेत गर्ने कारकहरु हुन।

बिगत केही समय पहिले कुरा गरौ बहुचर्चित सुन तस्करी र हालैको कन्चनपुरको बालिका बलत्कार पछि हत्याको जगन्य अपराधमा नेपाली सुरक्षाक्रमी आफै संलग्न तथा खोज तलासमा पक्षपात भई अपराधलाई सुरक्षित गर्न खोज्ने अपराधले नेपालमा अझ धेरै संगठनिक र सुरक्षित अपराधीकरणको बढ्दो विकास भएको देखिन्छ। अपराधलाई निरुत्साहिक गर्नुको साटो राजनीतिककरण गरी राजनीतिक पार्टीले अपराधीलाई कार्यक्रता तथा नेता बनाउने प्रचलनको विकास संगै नेपालको शान्ति सुरक्षा अझ धेरै खस्किएको प्रमाण प्राप्त हुन्छ।

आफ्नो नागरिकलाई राम्रोसंग सुरक्षा दिन नसक्ने हाम्रो मुलुकले बिदेशी पाहुनालाई कसरी सुरक्षा दिन सक्ला रु यो त सोचनीय प्रश्न समेत मात्र नभई उपयुक्त पनि हो ।

हामी नेपाली धेरै ईमान्दार र मेहनिती छौ।बिश्वासका पात्र पनि छौ तर हाम्रो आफ्नै ब्यबस्थापनमा नभई अर्कोको कमाण्डमा यो तत्य सथ्यले साबित गरिसकेको छ। जसको जल्न्त्त बल्द उदाहरण बेलायती सेना, भारतीय सेना र सिंगापुर र बुर्नाई प्रहरीमा हामीले हाम्रो बहादुरी देखाई सकेका छौ ।

हामीले पूर्वाधार बिकासमा धेरै कडा मेहनत गर्न सक्छौ भन्ने मलेशिया र अरबका चिल्ला सडक ,गगन चुम्मी भवन, ठुला लामा पुल, बिशाल संगशाला तथा विमानस्थल निर्माण गर्न सक्छौ तर हाम्रो नेतृत्वमा होईन ।अर्काको शासन व्यवस्थामा रहेर भन्ने पनि हामीले प्रमाणित गरी सकेका छौ।

हामी नेपालहरुको ईतिहास सधै गौरवशालि रह्यो।हामी धेरै स्वाभिमान र राष्ट्र प्रेमी र देश भक्ति छौ। नेपालको सार्वभौम रक्षार्थ प्राण वलिदान दिन पनि तयार छौ तर हामीलाई बाटो देखाउने नेता र नेतृत्व दिने सरकार सधै भ्रष्ट मात्र हामी पायौ। त्येसैले हामी सधै गरिब मात्र भयौ।आज यो हाम्रो गरिवीको उपज भएकोले बिदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखले नेपाल आउदा आफ्नो सुरक्षाकर्मी आफै लिएर आउने गर्दछ। यसलाई हामीले कुनै नौलो र आश्चर्य तथा आत्मगलानी मान्नु पर्दैन।सहर्ष स्वीकार गरौ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला