उदयपुर अदालतमा मुलुकी एेनको बारेमा छलफल

ZEN Travels

उदयपुर । जारी भएको १६५ वर्षपछि मुलुकी ऐनले काँचुली फेरेको छ । देवानी तथा फौज्दारी मुद्दासँग सम्बन्धित कानुन र कार्यविधिसमेत अब यसमा समावेश गरिँदैछ । मुलुकी एेन लागु हुने दिन जिल्ला अदालत उदयपुर र सरकारी वकिल कार्यालय उदयपुरले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मुलुकी एेनको बारेमा छलफल गरेको छ ।

जिल्ला अदालत परिसरमा अायोजित अन्तरक्रिया कार्यक्रममा परिवर्तित मुलुकी ऐन अब देवानी ऐन, देवानी मुद्दाको कार्यविधिसम्बन्धी ऐन, फौज्दारी कसुरसम्बन्धी ऐन, फौज्दारी मुद्दाको कार्यविधिसम्बन्धी ऐन तथा फौज्दारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन सम्बन्धी बिविध बिषयमा छलफल भएको थियो ।

जिल्ला न्यायधिस तिर्थराज केशीको सभापतित्वमा संचलित अन्तरक्रिया तथा छलफल कार्यक्रममा कानुन व्यवसायी पत्रकार नागरिक समाज प्रहरी लगाएतले आ आफ्ना धारणा राखेका थिए ।

नयाँ मुलुकी अपराध संहितामा अपराध गरिसकेपछि अभियुक्तलाई थुनामा राखी कारबाही गर्दा फैसला हुँदाको बखत निर्दोष ठहरे अभियुक्तले अनावश्यक सजाय भोग्नुपर्ने र सानोतिनो कैद सजायमा तोकिएभन्दा बढी कैद बस्नुपर्ने अवस्थामा सुधार ल्याउने कार्यक्रमका सहभागीले  बिश्वास व्यक्त गरे ।

जिल्ला न्यायधिस तेजेन्द्र शर्मा सापकोटाले मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयकले कानुन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला न्याधिस सापकोटाले कार्यविधिसम्बन्धी कानुनमा समस्या देखिएको अवस्थामा विधेयकका रुपमा प्रस्तुत नयाँ कार्यविधिले न्यायिक काम कारबाहीमा सहज हुने र अहिलेसम्म नसमेटिएका कतिपय अपराधलाई विधेयकले समेटेकाले न्यायिक काम कारबाही छिटो, सरल र प्रभावकारी हुने बताए ।

कार्यक्रमका बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले मुलुकी एेनलाई कार्यान्वयनमा लानको लागी व्यापक रुपमा कानुनी सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला न्यायधिवक्ता हरी पोखरेर र जिल्ला न्याधिस सापकोटाले मुलुकी एेनको प्रमुख प्रमुख बिषयमा प्रस्तुती गरेका थिए भने भने कार्यक्रम जिल्ला अदालतमा श्रेस्तेदार रितबहादुर पुलामीले स‌ंचालन गरेका थिए ।

मुलुकी एेनले दैनिक अदालती काम कारबाहीमा व्यापक सुधार आउने र सेवाग्राहीले पनि छिटो न्याय पाउने विश्वास गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला