“एक सरकारी कर्मचारीको साहित्यिक सृजना राप बजारमा”

ZEN Travels

“मैले बुझेको जीवन र उसले भोगेको जीवन नितान्त फरक छ । उ जीवनभित्र जीवन बोकेर बाँचेको छ, जीवनभित्रको गहुँङ्गोपन उ महशुस नगर्न सक्छ । उ त्यसलाई सुमसुम्याउँछ, ढाढस दिन्छ तर ……… म जीवनभित्र उसको आत्म बोकेर बाँचीरहेछु र उसलाई खोजीरहेछु । उसको न्यानो स्पर्श र चिसोपनाको आभाष…..। बस कल्पनामा हराउँन मन पराउँने एउटा बबुरो….! स्नेहत्वको खडेरीमा कतै नहेरी हाम फाल्ने मेरो मन ! म जस्तै छ छैन ,कल्पना गर्न सक्दिन । कुनै यान्त्रिक मानवलाई रिर्मोट कन्ट्रोलले तह लगाए झैं एउटा युवतीको भौतिक दृश्यले सवथोक बिर्सिएको छु । मलाई लागिरहेछ, मेमोरीकार्डमा भएका सबै फाइलहरु एकै झट्कामा कम्प्युटरको डेस्कटपबाट गायव भए झंै ! म सबैको स्मरणबाट हराएको छु , म सँग भाइरसले पनि ध्वस्त पार्न नसकेको एउटा फाइल मात्र बाँकी छ । कुनै हालतले त्यो फाइल डिलिट हुन सक्दैन ! म एकोहोरिन्छु ….. फाइलभित्र रमाउँन खोज्छु….. ।”
उपन्यासकार चन्द्रमणी पौडेलको राप उपन्यासभित्रको एउटा हरफ हो यो । चन्द्रमणी पौडेलको कथासंग्रह बासुरीभित्र रोएको मान्छे , सामाजिक उपन्यास खरानीभित्रका लासहरु नामक प्रवासी नेपालीहरुको व्यथाले झेलिएको उपन्यासले पनि पाठकको मन राम्रै तानेको देखिन्छ । खरानीभित्रका लासहरु नामक उपन्यासमा वरिष्ठ साहित्यकार डायमन शमशेर राणाले पनि आश लाग्दा सात्यिकारको नाम उच्चारण गरेका थिए ,साहित्यकार चन्द्रमणी पौडेललाई । उनी एक साहित्यकार मात्र नभएर नेपाल सरकारका कर्मचारी पनि हुन । उनी कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरमा विगत पाच वर्षदेखि कार्यरत छन । राप उपन्यासको संयोग नै मान्नु पर्छ, उपन्यास लेख्ने चन्द्रमणी पौडेल र सो आवरणको अवधारण तयार गर्ने समेत सोही कार्यालयका प्रमुख हिरा न्यौपाने वीचको सामनजस्यता ।

लेखक चन्द्रमणी पौडेल

साहित्यिक मनहरुलाई साथ दिनेहरुको खडेरी रहेको प्रशासनिक क्षेत्रमा दुईजना मिलेर गरेको संयोजनकारी भुमिका अरुका लागि गतिलो उदाहरण बन्न सक्छ । हिरा न्यौपानेले तयार गरेको आवरण चित्रका मनहरुलाई चन्द्रमणी पौडेलका कलमहरुले अन्याय नगरीकन रापमा जलेका भित्री आत्महरुको सफल अप्रेशन गरेको छ । आजको समाजमा मनहरु जलेको, भित्र भित्रै रापमा पिल्सिएको र रापले कसैलाई पनि नछोडेको बारे उपन्यासकारले उपन्यासमा खोतल खातल गरेका छन । हिरा न्यौपानेको आवरणरुपी एक जोडी मनहरु आगोको रापमा जलेको क्षणलाई पौडेलले जस्ताको तेस्तै उतारेका छन । उपन्यासले समाजमा राम्रै सन्देश दिन्छ भन्नेमा शंका गर्ने ठाउँ नै छैन । कार्यालयको काम बाहेक पनि बचे खुचेको समयमा सृजनात्मक काम गर्न सकिदो रहेछ भन्ने उदाहरण बनेका छन चन्द्रमणि पौडेल ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला