जुडोमा नेपाल पराजित

ZEN Travels

काठमाडौँ-

एशियन गेम्स अन्तर्गत आजदेखि शुरु भएको जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् ।

आज भएको पुरुष ६६ केजीमुनिको राउण्ड अफ ३२ को स्पर्धामा नेपालका श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भए । श्रेष्ठ कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेण्डमै पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । यसैगरी महिला ५२ केजीमुनिको तौल समूहमा खड्का जापानकी नातसुमी तिसुनोदासँग १०–० को अन्तरमा पराजित भइन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला