कसरी भए प्रचण्ड वेलायतलाई नेपालका चर्चित नेता

ZEN Travels

काठमाडौं  ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

बेलायती सरकारको दक्षिण एसिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उनले राजनीतिक परिवर्तनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भएको स्पस्ट गरे ।

विश्वका धेरै लगानीकर्ता यहाँ लगानी गर्न इच्छुक रहेको बताउँदै उनले भने–‘हामी लगानीकर्ताको सुरक्षा र लगानीलाई सुरक्षा दिने योजना बनाइरहेका छौं ।’

भेटका अवसरमा प्रमुख बेलीले ‘विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल’ भएको बताउँदै यहाँ लगानी गर्न बेलायती लगानीकर्ता इच्छुक रहेको जानकारी दिए ।

उनले नेपाल सरकारलाई आफूहरुको पूर्णसमर्थन रहेको बताउँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको स्पस्ट गरे ।

प्रमुख बेलीले अध्यक्ष दाहाललाई नेपालका ‘अत्यन्त लोकप्रिय नेता’को संज्ञा दिँदै शान्ति–प्रक्रियादेखि वर्तमान स्थीर सरकारसम्म विकसित राजनीतिक घटनाक्रमबारे जिज्ञासा राखेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला