उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेका कार्यालय धमाधम खुले

ZEN Travels

माधब पराजुली,पोखरा
गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आफ्नो मातहतमा आएका कार्यालयहरु धमाधम खुल्याएको छ । संघीय सरकारले प्रदेश अन्तर्गत रहने कार्यालयहरुको संख्या निश्चित गरेपछि मन्त्रालयले आफ्नो मातहतमा रहेका कार्यालयहरु लाई छिटो र छरितो रुपमा सेवा प्रवाह गर्ने गरी कार्यालय स्थापना गर्न थालेको हो ।
मन्त्रालयको नीति तथा कार्यक्रम,योजना र आफ्ना कार्यहरुलाई प्रभावकारी वनाउन मन्त्रालय मातहतका आफ्ना कार्यालयहरु स्थापना गरेको छ । यसै क्रममा गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहने घरेलु तथा साना उद्योग कार्यालय कास्कीले प्रदेश मातहतमा आई आफ्नो काम थालेको छ ।
नेपाल सरकार उद्योग मन्त्रालय,घरेलु तथा साना उद्योग विभाग अन्तर्गत रहेको उक्त कार्यालय प्रदेश स्तरिय उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको मातहतमा आई बिहिवार बाट आफ्नो दैनिक काम थालेको हो ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको मातहतमा रहने उक्त कार्यालयको शुभारम्भ मन्त्री विकास लम्सालले गर्नुभयो । कार्यालयको शुभारम्भ गर्दै मन्त्री लम्सालले संघियता र प्रदेश सरकारको हक अधिकारहरु कार्यान्वयनको लागि कोसेढुंगा सावित हुने बताउदै कर्मचारीहरु लाई बिगतको भन्दा पृथक तवरले सेवा प्रवाह गरी नागरिकका काम गर्न निर्देशन दिनुभयो । उहाँले कार्यालयको साईन बोर्ड मात्र परिर्वतन नभई अबका दिनमा हरेक काम,कार्बाहीहरु समेत परिर्वतन हुने दाबी गर्नुभयो । बिगतको जस्तै शैलीमा कार्यालय नच्लने उल्लेख गर्दै मन्त्री लम्सालले संघियताको मुल मर्म लाई बुझेर सिमित स्रोत र साधन बाट जनताका कामहरु चुस्त,दुरुस्त रुपमा गर्न कर्मचारीहरु लाई निर्देशन दिनुभयो ।
सोही अवसरमा लम्सालले करको दायरामा नआएका उद्योग धन्दाहरुलाई तत्काल करको दायरामा ल्याउने बताउनुभयो । करको दायरामा नआएका तथा नविकरण नगरेका उद्योगहरुको अनुगमन गरी त्यसको नियमन गरी छाड्ने उद्घोष गर्नुभयो ।
यस कार्यालय बाट उद्योग दर्ता गराउने कास्कीका लाल बा.थापा पहिलो व्यक्ति बने । उन लाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योग दर्ताको प्रमाण पत्र प्रदान गरी कार्यालयले आफ्नो काम थालेको जानकारी गराउनुभयो । सो क्रममा लम्सालले उद्योग दर्ता गर्ने क्रममा बिगतमा देखिएका झन्झटिलो समस्याहरुको अन्त्य गर्ने बताउनुभयो । उद्योगी बन्नेहरुलाई सरकारले प्रोत्साहन गर्ने उहाँको भनाई थीयो ।
गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको मातहतमा आएका भू तथा जलाधार ब्यबस्थापन कार्यालय कुश्मा पर्वत र तनहु सञ्चालनमा आएका छन् । यस्तै पर्वत,बाग्लुङ,स्याङ्जा,कास्की,तनहुँ लगाएतका जिल्लामा रहेका वन निर्देशनालयहरु समेत सञ्चालनमा आईसकेका छन् । बाकीँ स्थानका कार्यालयहरु एक हप्ता भित्रमानै सञ्चालनमा ल्याउने तयारी भईरहेको मन्त्री लम्सालले बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला