पर्वतःहिन्दु धर्ममाथिको आक्रमण रोक्न प्रवचन ।

ZEN Travels

पर्वत ।
हिन्दु धर्ममाथि आक्रमण हुन थालेको भन्दै कुस्ममा एकदिने धार्मिक संत्सङ्ग एवंम प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

सत्य नारायण सत्सङ्ग भजन समूह तथा माता पाथीभरा देवि मन्दिर संरक्षण समिति कुस्मा पर्वतको आयोजनामा कार्यक्रम समपन्न भएको हो । कार्यक्रमका प्रमूख अतिथी विश्वविख्यात हिन्दुधर्मका प्रवचक ईश्वर कृष्ण जी माहराजले प्रवचन दिदै भगवा्न बिष्णुले मानव र धर्म रक्षाका निमित्त कुनै पनि (मनुष्य अथवा पशु)को रूपमा पृथ्वीमाथि जन्म लिएको स्पष्ट पारेका थिए । उनले हिन्दुधर्म विश्वको सर्वप्रथम ग्रन्थहरू मध्य एक रहेको जनाए । उनले पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम रहेको बताए । त्यस पछि यजुर्वेद, सामवेद ,यथर्ववेद र उपनिषद जस्ता ग्रन्थहरू आएको बताएका हुन । यस्तै बौद्ध र जैन धर्महरू अलग भई सके पछि वैदिक धर्ममा धेरै परिवर्तन आएको जानकारी दिदै नयाँ देवताहरू र नयाँ दर्शन पता लगाइ संसारमा आधुनिक हिन्दू धर्मको जन्म भएको जनाउँदै हिन्दुधर्म महिमा प्रवचन दिएका हुन ।

सो प्रवचनको शुभारम्भमा वोल्दै कार्यक्रम संयोजक विपिन गुरुङले यो एकदिने कार्यक्रमको माध्यमबाट भएपनि हिन्दुधर्मको रक्षा गर्न प्रेणा मिलेको बताए । उनले यस्ता प्रवचन सप्ताहव्यापी रुपमा आयोजना गर्न सके हिन्दुधर्म प्रतिको सद्भाव र प्रचारप्रसार हुन सक्ने बताए । विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले हिन्दुधर्म रक्षार्थ यस्ता प्रवचनका कार्यक्रमहरु शहर केन्द्रित नभई गाउँगाउँ सम्म पु¥याउनुपर्ने विचार ब्यत्त गरेका थिए । अहिले हिन्दुधर्मलाई अन्य धर्म मान्नेहरुले विविध माध्यमबाट आक्रमण गर्न लागेको भन्दै दुःख ब्यत्त गरे । प्रवचन श्रवण सहित हिन्दुधर्मको रक्षार्थ यहाँका धार्मिक ,वुद्धिजीवी,शैक्षिक,व्यापारी सहित युवा वर्गहरुको सहभागिता रहेको थियो ।
प्रवचन कार्यक्रममा उपस्थित अधिकाशं ब्यक्तिहरुले हिन्दुधर्म प्रति राज्य अनुदार वनेको गुनासो पोखेका थिए । वर्तमान् अवस्थामा राज्यले हिन्दुधर्म प्रति वेवास्ता गर्दा दिनानुदिन अपराधीक घटनाहरुले स्थान पाउँन सहजता भएको बताए । सो अवसरमा गुप्तेश्वर धार्मिक तथा वेद्वेदाङ्ग विश्व विद्यालयका बटुकहरुले स्वस्तीर वाचनद्धारा शान्तिको कामना गरेका थिए ।

सत्य नारायण सत्सङ्ग भजन समूह तथा माता पाथीभरा देवि मन्दिर संरक्षण समितिका अध्यक्ष डण्डपानी आचार्यको अध्यक्षतामा धार्मिक संत्सङ्ग एवंम प्रवचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका संयोजक विपिन गुरुङ,विश्वहिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्य,उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,सत्य नारायण सत्सङ्ग भजन समूह तथा माता पाथीभरा देवि मन्दिर संरक्षण समितिका सचिव अच्युत तिवारी लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला