तपाइले पाएको सत्ता विरासतकै हो ओली-कांग्रेस नेता रिजाल

ZEN Travels

काठमाडौं-

नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले लोकतन्त्रमा जनताले हरेक दिन आफ्नो प्रधानमन्त्रीबाट लोकतान्त्रिक चरित्रको प्रमाणपत्र खोज्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ गतेदेखि सुरु हुन लागेको विम्स्टेक सम्मेलनकोबारेमा प्रतिनिधि सभालाई जानकारी दिने क्रममा आफ्नो नेतृत्वकोे सरकारविरुद्ध विपक्षी दल नेपाली कांग्रेसका नेताहरुबाट अधिनायकवादको बाटोेमा गएको भन्ने आरोपको खण्डन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति रिजालले यस्तो जवाफ दिएका हुन्।

प्रधानमन्त्री ओली आफू ५ दशक भन्दा बढि लोकतन्त्रका लागि लडेको र अहिलेका लोेकतन्त्र कसैले किस्तीमा राखेर सहजै नदिएको बताउँदै आफूले लोेकतन्त्रवादीको चारित्रिक प्रमाणपत्र कसैसँग लिन नपर्ने भन्दै विपक्षी दलका नेताहरुविरुद्ध कटाक्ष गरेका थिए।

प्रधानमन्त्रीको एकघण्टा भन्दा बढि लामो भाषण पश्चात प्रश्नोत्तरका क्रममा रिजालले प्रधानमन्त्रीले आसन्न विम्स्टेक सम्मेलनकाबारेमा मात्रै सदनलाई जानकारी गराएको भए हुनेमा त्यसभन्दा ज्यादा कुरा गरेकोले केहि प्रश्न गर्न आफू बाध्य भएको बताए।

उनले भने, ‘इतिहासकाे कालखण्ड हेरेर हाेइन, वतर्मानमा वतर्मानमा जनताले आफ्नो प्रधानमन्त्रीबाट हरेक दिन चारित्रिक प्रमाणापत्र माग्छन्। हरेक व्यक्तिकाे आत्मसम्मान लोकतन्त्रको गहना हो। अात्मअभिमान अधिनायकवादकाे प्रारम्भविन्दु हाे।’

विगतको सरकारले केहि नगरी लथालिङ र भताभुङ राजनीतिक, कानुनी र आर्थिक अवस्थाको विरासत आफूले लिएर सरकार चलाउन परेको र विपक्षी दलले नन इस्युलाई पनि इस्यु बनाएर सदन अबरोध गरेका कारण सरकारले समयमै कति महत्वपूर्ण कानुन पारित गराउन नसकेकोे भन्दै ओलीले कांग्रेसको आलोचना पनि गरे।

त्यसपछि प्रश्नोत्तरको लागि एक मिनेटको समय पाएका रिजालले संसद अबरोध भएको तिथि मितिसहितको अभिलेख सभामुखले प्रधानमन्त्रीलाई उपलब्ध गराइदिएमा तथ्यगत त्रुटि नहुने सुझाव दिए।

विगतको सरकारको विरासतको प्रसंग तर्फ लक्षित गर्दै रिजालले भने, ‘तीनै तहका निर्वाचित निकायहरू विरासतमै प्राप्त भएका हुन्। तपाईलाई आज बोल्ने यो अधिकार पनि जनताकाे मतबाट विरासतमै प्राप्त भएको हो।’

कञ्चनपुरको घटनाबारे बोल्ने क्रममा त्यहाँ छाडा राँगाले जस्तो व्यवहार भएको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीकोे अभिव्यक्तिप्रति आक्रोेसित बनेका रिजालले थप्दै भने, ‘सम्मान छ प्रधानमन्त्रीको संघर्षपूर्ण जीवनलाई। कञ्चनपुरमा छाडा राँगाको कुरा गर्नु भयो, छाडा राँगा होइन प्रधानमन्त्रीज्यू, रक्तपिपासुहरुबाट निर्मल पन्त र सुनी खुन्नाहरुकाे जीवन रक्षा हुन सकेन। लोकतन्त्रमा इतिहासकाे कालखण्ड हेरेर हाेइन, वतर्मानमा जनताले आफ्नो प्रधानमन्त्रीबाट हरेक दिन चारित्रिक प्रमाणापत्र माग्छन्। हरेक व्यक्तिकाे आत्मसम्मान लोकतन्त्रको गहना हो। अात्मअभिमान अधिनायकवादकाे प्रारम्भविन्दु हाे।’

रिजालको प्रश्नको जवाफ स्पष्टरुपले नदिएका प्रधानमन्त्री ओलीले कांग्रेसको नेतृत्वले लगाउँदै आएको अधिनायकवादी शैलीकोे विषयमा कांग्रेसलाई २०१५ सालमा तत्कालिन राजाले जनमतलाई सम्मान नगरेजस्तै अहिले उसले जनमतको सम्मान नगरेको अरोप लगाए।

ओलीले १५ सालमा कांग्रेसले राम्रो बहुमत ल्याएपनि त्यतिबेला जनताको अभिमतलाई सम्मान नगर्ने तत्वले त्यो नमानेर उल्टाइदिएपछि अधिनायकवाद आएको जस्तै अहिले लोकतन्त्रमा कसैलाई झोक चल्न नहुने बताए। उनले जनमतको अनादार भए अधिनायकवाद आउने पनि बताए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला