जनसम्पर्क समिति स्पेन को १०४ औं खुल्ला बि पि कप भलिबल प्रतियोगिता बारे सुचना ।।

ZEN Travels

नेपाली जनसम्पर्क समिति स्पेन ले हरेक बर्ष झै यस बर्ष पनि जन नायक बी. पि. कोइराला को १०४ औं पुन्य स्मृतिमा बि पि कम भलिबल प्रतियोगिता गर्ने भयको छ ।स्पेन मा छरिएका विभिन्न सामाजिक, राजनैतिक, जातीय , क्षेत्रीय, पत्रकार एबं कलाकार हरुलाई खेलको माध्यम बाट मेलमिलाप र आपसी सदभाव कायम राख्दै यहीँ सेप्टेम्बरमा १७ तारीख सोमबार का दिन  बेसोस मार को खेल मैदान मा दिउँसो को ३:०० बजे बाट प्रतियोगिता हुने भयको छ । सधै का बर्ष झै भब्य एबं सभ्य रुपमा सन्चालन हुने उक्त प्रतियोगिता मा दर्ता शुल्क प्रती समूह १०० यूरो लाग्ने छ र दर्ता गर्ने समय  १७ सेप्टेम्बर   दिउसो को ३  बजे स्थान खेल मैदान मा हुने छ। विजयी प्रतियोगी लाई उचित पुरस्कार को साथै कपको ब्यवस्था गरिएको छ।
जनसम्पर्क समिति स्पेनले प्रतियोगिता लाई सभ्य एबं भव्य बनाउन का लागि स्पेन स्थीत सम्पुर्ण सामाजिक, राजनैतिक, जातीय, क्षेत्रीय, कलाकार र पत्रकार साथै सम्पुर्ण नेपाली जन समुदाय हरुलाई उपस्थिति को लागि पत्र पठाइसकेको र केही कारण बस पत्र प्राप्त नभयमा यसै सूचना लाई आधार मानी कार्यक्रम मा उपास्थीती एबं सहभागी जनाइदीनुहुन सबैमा सबिनम्र अनुरोध गरेको छ। खेलको बिस्तृत विवरण यश प्रकार छ।
प्रतियोगिता मिति :-१७ सेप्टेम्बर २०१८
स्थान        :- बेसोस मार को खेल मैदानमा (बेसोस
मार ४ नम्बर मेट्रो)
दर्ता समय     :- १७ सेप्टेम्बर २०१८ दिउँसो को ३ बजे खेल खेल्ने स्थान:- बेसोस मार को खेल मैदान
दर्ता शुल्क प्रती समुह :- प्रति समूह १०० यूरो
  अन्य खेलका नीति नियम हरु सोहिदिन मा जानकरी गराइने छ।
जनसम्पर्क समिति स्पेन
 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला