सिसेफ महिला समूह मार्फत शिवालय माविका १६ जना दृष्टिविहिन विद्यार्थीलाई सेतो छडी ।

ZEN Travels

पर्वत ।
सामाजीक कार्यमा क्रियाशिल रहँदै आएको सिसेफ मिहला समूह कुस्माले शिवालय माविका १६ जना
दृष्टिविहिन विद्यार्थीलाई सेतो छडी दिनुका साथै दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

सेतो छडी बितरण गर्दै नगरउपप्रमूख सीता काफ्ले लामिछानेले दृष्टिविहिन विद्यार्थीहरु फरक क्षमता भए पनि समाज र राष्ट्रिका अपरिहार्य नागरिक भएको वताइन् । उनले सिसेफ महिला समूहमा आवध महिला दिदि वहिनीहरुले समाजमा प्रस्तुत भइरहेका कार्यहरुले सक्रात्मक सन्देश दिने खालेका भएको हुदाँ नगरपालीकाको तर्फवाट महिलाका क्षेत्रमा आर्यआर्जन वढाउँन थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाइन् । कार्यक्रमका विशिष्ट अतिथी वडाध्यक्ष चित्रकला शर्मा ‘भारती’ ले वडाको तर्फवाट महिलाहरुलाई बोल्न र आफ्नो अधिकार खोजन सक्ने बनाउँन लागेको सुनाइन् । उनले महिला दिदिवहिनीहरुले गरिरहेका हरेक काममा सिसेफ नेपालका पुरुषहरुले महत्वपूर्ण सहयोग गरी महिलाहरुलाई अगाडी वढाईरहनु उदाहरणीय कार्य रहेको वताइन् ।

सो,कार्यक्रममा बोल्दै सिसेफ नेपालका संस्थापक अध्यक्ष टंक लामिछानेले गत ०७४ सालमा स्थापना भएको सिसेफ नेपाल एउटा फरक व्राण्ड भएको बताए । उनले कुनै राजनितिक पार्टीमा आवध भई गरि आएका कामहरुले समाजमा राम्रो सन्देश नदिने हुदाँ पूर्ण रुपमा समाजिक भएर गरेका कार्य सवैको विचमा प्रवाह हुन सक्ने बताए ।
सिसेफ महिला समूहले आफुहरुलाई सेतो छडी वितरण गरेकोमा सवै दृष्टिविहिन विद्यार्थीहरु खुसी भएका थिए । कार्यक्रमका अवसरमा सिसेफ महिला समूहका हरेक गतिबिधीमा महत्वपूर्ण सहयोग गरेको भन्दै राङखानी फोटोका सञ्चालक धनपति शर्मालाई सम्मान गरिएको थियो । साथै,आफ्नो जन्मदिनको अवसर पारेर समूहकी सदस्य देवि श्रेष्ठले दृष्टि विहिन विद्यार्थीहरुलाई पढाईमा उपयोगी १६ जीवीका २ वटा पेन ड्राईभ प्रदान गरेकी हुन् । सिसफे महिला समुहमा कुल १५ जना महिलाहरुले आवध हुन सदस्यता लिएका थिए ।

सिसेफ महिला समुहका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भने,कार्यक्रममा सिसेफ महिला समूहका सल्लाहकार बुद्धि कुमारी श्रेष्ठ, लायन्स् जोन चियर प्रर्शन सरस्वती भण्डारी,धौलागिरी महिला वहुदशिय सहकारीका अध्यक्ष लक्ष्मी अधिकारी,सिसेफ महिला समूहका सचिव कामना रेग्मी लगायतले बोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला