बाल क्लबका प्रतिनिधि सँग अपाङ्गता सम्बन्धी अभिमुखीकरण

ZEN Travels

रक्षा पाण्डे
अर्घाखाँची ।
विकलाङ्गमित्र समुहअपाङ्गबाल अस्पताल तथापुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा सि.बि.एमको आर्थिक सहयोगमा पाणिनी गाउँपालिका कार्यालयको समन्वयमा पाणिनी गाउँपालिकाका १० वटा माध्यामिक विद्यालयका बालक्लबका प्रमुख तथा प्रतिनिधिलाई“समुन्तपालिका , अपाङ्गता समाबेशी बाल क्लब”भन्ने मुलनाराका साथ अपाङ्गा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको सामाजिक अवस्था,अपाङ्गताले पु¥याउने असर , अपाङ्गता व्यवस्थापनम ाबालक्लबले खेल्नु पर्ने भुमिका र बालक्लबमा अपाङ्गताभएका बालबालिकाको सहभागीताको विषयमा अभिमुखीकरण लेखनाथ आचार्यले प्रस्तुतीकरण गरि प्रस्ट पार्नु भएको थियो ।

प्रमुख अतिथिश्री नारायण प्रसाद पौडेलले मन्तव्य अत्यन्तै महत्वपुर्ण समय सापेक्ष नयाँ कार्यक्रम ल्याई विद्यार्थीहरु मा नौलो विषय मा शिक्षा दिनुभएको थियो साथै संस्थाको प्रंशशागर्नु भयो विकलाङ्गमित्र समुह अपाङ्गबाल अस्पतराल तथा पुनस्र्थापन केन्द्र सक्षम परियोजना अर्घाखाँचीका प्रमुख श्री लेखनाथ आचार्य को अध्यक्षता ,पाणिनी गाउँपालिका निमित्त प्रमुखश्री नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख श्री कृष्ण पोख्रेलको विशेष आतिथ्यता सहित २९ जनाको सहभागीता रहेको थियो , सक्षम परियोजनाका कर्मचारी रक्षा पाण्डेको संचालन र सुजिता थिङको स्वागत मन्तव्य रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला