नेप्से २४ अंकले बढ्यो,सेयरबजारमा उच्च सुधार

ZEN Travels

काठमाडौं।

बुधबार सेयरबजारमा उच्च सुधार आयो ।

पछिल्ला दिन सुधारिन थालेको बजारमा यसदिन नेप्से र कारोबार दुवैमा उल्लेख्य वृद्धि आएको हो ।

नेप्से झन्डै २४ अंकले बढेर १२ सय ३४ मा पुग्यो ।

उत्पादनमूलक र व्यापार समूहबाहेक अरु सबै समूहमा सुधार आयो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च १६२ अंकले उकालो लाग्यो ।

जीवनबिमा समूह पनि ९५ अंकले बढ्यो । लघुवित्त समूह ४२ अंकले, जलविद्युत् समूह ३९ अंकले, विकास बैंक समूह ३० अंकले उकालो लागे । वाणिज्य बैंक र होटल समूह पनि दोहोरो अंकले बढे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका २३ लाख ८१ हजार कित्ता सेयर ७१ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला