मनाङमा फस्टाउँदै फापर खेती

ZEN Travels

 लमजुङ |

समुन्द्री सतह देखी तीन हजार सात सय मिटर उचार्इमा रहेको हिमालपारीकाे जिल्ला मनाङमा यतिबेला फापर खेती फस्टाउँदै गएको छ ।

होटल व्यवसायी र किसान मिलेर फापर खेती गरेका हुन् । मनाङको तल्लो भाग नासों १ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ ९ खाङसारसम्म फापर खेती गरिएको छ ।

फापर खेति गरिरहेका किसान राजु गुरुङले भने, ‘हामीले खेती गर्दै आएको फापर यहाँको रैथाने हो, अर्गानिक हो, यहाँ आउने पर्यटकहरूले  विशेष  मन पराउँछन् ।’

मनाङमा आर्थिक वर्ष ०७४/७५ मा दुई सय ८६ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएकोमा पाँच सय आठ टन र आर्थिक वर्ष ०७४/ ७४ मा दुई सय ८६ हेक्टर खेती गरिएकामा पाँच सय दुई टन उत्पादन भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला