उदयपुरका सिडियोको सक्रियतामा प्रशासनमै महिला डेक्स

ZEN Travels

उदयपुर  । बढ्दो बलत्कारका घटना तथा महिला माथि हुन सवै किसिमका घटना न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले महिला हिंसा न्यूनिकरण युनिट स्थापना गरेको छ ।निजामती कर्मचारी दिवशको अवसर पारेर प्रशासन कार्यालय उदयपुरले यस युनिट स्थापना गरेको हाे ।
महिला हिंसाका घटनाका पिडितलाई सरल र सहज किसिमले सेवा प्रवाह होस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको हाता भित्र उक्त डेक्स स्थापना गरिएको छ । बलत्कार, घरेलु हिंसा, बहुविवाह, बोक्सी आरोप कुटपिट लगाएतका महिला तथा वालबालिका माथिहुने हिंसाका घटनाका प्रभावितहरुको गुनासो तत्काल सम्बोधन होस भनि कर्मचारीको व्यवस्था गरि डेक्स स्थापना गरिएको प्रजिअ कार्कीले बताउनुभयो । पिडित महिलाहरुलाई आफ्ना गुनासो राख्न सहज होस भन्ने हेतुले डेक्समा हटलाईन टेलिफोनको समेत व्यवस्था गरेको प्रजिअ कार्कीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका खरिदार सावित्रा राउत, महिला प्रहरी पवित्रा लामिछानेले महिला सम्बन्धि उजुरी हेर्ने र कानुनी उपचारको लागि जिल्ला प्रहरी र अदालतमा पठाउने व्यवस्था मिलाईएको छ ।
पीडित महिला तथा वालबालिकाहरुले ०३५४२१७४३ र मेल मार्फत cdoudayapur@gmail.com मा समेत उजुरी दिन सकिने प्रशासनले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला